सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा


  •    न्युजभित्तो/५ जेष्ठ २०८३, मंगलवार १६:११ 
  • दमौली (तनहुँ), ५ जेठ । तनहुँ जिल्लाका १० स्थानीय तहमध्ये डढेलोका हिसाबले देवघाट गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको पाइएको छ । डिभिजन वन कार्यालयका अनुसार पछिल्लो एक दशकको तथ्याङ्कले देवघाटलाई सबैभन्दा संवेदनशील क्षेत्रका रूपमा देखाएको हो ।

    डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार देवघाट गाउँपालिकामा पछिल्ला १० वर्षमा ४६ पटक वन डढेलो लागेको छ । यो जिल्लाकै सबैभन्दा उच्च हो । उहाँका अनुसार अन्य स्थानीय तहमा पनि डढेलोका घटना देखिए तापनि देवघाटमा यसको आवृत्ति अत्यधिक रहेको छ ।

    व्यास नगरपालिकामा ३४, भानुमा २१, आँबुखैरेनी गाउँपालिकामा २६, ऋषिङमा २९, बन्दीपुरमा १६, घिरिङमा १५, म्याग्दे गाउँपालिकामा १२, शुक्लागण्डकी नगरपालिकामा आठ र भिमाद नगरपालिकामा छपटक डढेलोका घटना भएका छन् ।

    डढेलोका कारण वन क्षेत्रमात्र नभई जैविक विविधता, वातावरणीय सन्तुलन तथा स्थानीय समुदायको जीविकोपार्जनमा समेत प्रत्यक्ष असर पर्ने गरेको छ । वनमा लाग्ने आगोले जडीबुटी, वन्यजन्तु, वनस्पति तथा माटोको उर्वराशक्ति नष्ट गर्ने खतरा बढाउँदै लगेको रानाभाटले बताउनुभयो ।

    डिभिजन वन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१र८२ मा तनहुँका ८४ वटा सामुदायिक वनमा डढेलो लागेको थियो, जसबाट ६६२।५ हेक्टर वन क्षेत्र प्रभावित भएको थियो । त्यस्तै, आव २०८०र८१ मा ७१ वटा सामुदायिक वनमा डढेलो लाग्दा १३२२।८ हेक्टर वन क्षेत्र क्षतिग्रस्त भएको थियो ।

    वन डढेलो न्यूनीकरणका लागि कार्यालयले जनचेतनामूलक कार्यक्रम, सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय, निगरानी टोली परिचालन तथा पूर्वतयारीका विभिन्न उपायहरू अपनाउँदै आएको जनाएको छ । तर, सुक्खा मौसम, मानवीय लापरवाही र पर्याप्त स्रोत–साधनको अभावका कारण चुनौती कायम रहेको प्रमुख रानाभाटले बताउनुभयो ।

    उहाँले वन डढेलो नियन्त्रणका लागि स्थानीय तह, सुरक्षाकर्मी, सामुदायिक वन उपभोक्ता समूह तथा सर्वसाधारणको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सचेतना र सतर्कता बढाउन आग्रह गर्नुभयो ।

    रानाभाटका अनुुसार चरिणका लागि आगो लगाउने प्रवृत्ति ३० प्रतिशत, चुरोट पिउनेहरूबाट १५ प्रतिशत, सिकारीबाट सात प्रतिशत, वनभोज क्याम्पफाइरिङबाट सात प्रतिशत, बच्चाहरूबाट खेल्दा छ प्रतिशत, अवैध काठ कटान गर्नेहरूबाट पाँच प्रतिशत, अतिक्रमणकारीबाट पाँच प्रतिशत, खोरिया फडानीबाट पाँच प्रतिशत, गोल पोल्नेबाट चार प्रतिशत, जडीबुटी सङ्कलकबाट तीन प्रतिशत डढेलो लाग्ने गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जोखिम मोलेर मह सिकार
    नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
    ‘आरोग्य वर्ष २०२७’ को पूर्वतयारीका लागि साझा समझदारीमा जोड
    • मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्‍याउन आग्रह
    • तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा
    • आगलागीपीडित थापामगर परिवारलाई आवास र राहत
    • राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.