सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आगलागीपीडित थापामगर परिवारलाई आवास र राहत


  •    न्युजभित्तो/५ जेष्ठ २०८३, मंगलवार १६:०७ 
  • सिरहा, ५ जेठ । यहाँको लहान नगरपालिका–१५ लाग्राहमा गत वैशाख ३० गते विद्युत् सर्ट भएर भएको आगलागीमा घर पूर्ण रूपमा नष्ट भएका मदन थापामगरको परिवारलाई लहान नगरपालिकाले राहत तथा अस्थायी आवासको व्यवस्था गरेको छ ।

    नगर प्रहरी र वडा कार्यालयको सक्रियतामा पीडितपरिवारका लागि आज अस्थायी टेन्टहाउस निर्माण गरिएको हो । आगलागीपछि बिचल्लीमा परेको परिवारलाई सोमबार नै लहान नगरपालिकाले खाद्यान्नसहित राहत सामग्री वितरण गरेको जनाएको छ ।

    आज पीडितपरिवारलाई भेट्दै नगरप्रमुख महेशप्रसाद चौधरीले दुई दिनभित्रै जस्तापातासहित नयाँ घर निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार घर निर्माणका लागि आवश्यक जस्तापाता घटनास्थलमा पुर्याइसकिएको छ । नगरप्रमुख चौधरीले भन्नुभयो, “हामीलाई घटनाबारे ढिला जानकारी भयो । थाहा पाउनेबित्तिकै नगरपालिकाबाट राहत सामग्रीसहित टोली पठाएका हौँ । दुःखको यस घडीमा अब ढिलाइ नगरी नगर प्रहरीको टोली परिचालन गरेर दुई दिनभित्र जस्तापातासहितको सुरक्षित घर निर्माण गरिनेछ ।”

    वडा नं १५ का वडाध्यक्ष तेजनारायण चौधरीले तत्काल बसोबासको समस्या समाधान गर्न नगर प्रहरीको सहयोगमा टेन्टहाउस व्यवस्थापन गरिएको जानकारी दिनुभयो । पीडित मदन थापामगरका अनुसार वैशाख ३० गते दिउँसो घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो । आगलागीबाट ३५ हजार रूपैयाँ नगद, लत्ताकपडा, खाद्यान्न तथा घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । साथै घरअगाडि रहेका दुईवटा आँपका बोटसमेत आगोले क्षति पुगेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जोखिम मोलेर मह सिकार
    नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
    ‘आरोग्य वर्ष २०२७’ को पूर्वतयारीका लागि साझा समझदारीमा जोड
    • मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्‍याउन आग्रह
    • तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा
    • आगलागीपीडित थापामगर परिवारलाई आवास र राहत
    • राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.