सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खानीडाँडा–थामर्खक सडकमा कालोपत्र सुरु


  •    न्युजभित्तो/५ जेष्ठ २०८३, मंगलवार १२:१७ 
  • खोटाङ, ५ जेठ । खानीडाँडा विमानस्थलदेखि–याम्खा–रातमाटा–पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने सडक कालोपत्र (अस्फाल्ट पिच) सुरु गरिएको छ । सङ्घीय सरकारको ५० प्रतिशत र कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको ५० प्रतिशत गरी बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको ३० करोड रुपैयाँ बजेटमा सो सडक कालोपत्र सुरु गरिएको हो ।

    ठेकेदार कम्पनी पवित्रा–गाउँले जेभी उदयपुर गाईघाटले १७ करोड ४४ लाख १० हजार रुपैयाँमा सम्झौता गरेर सडक निर्माणसहित कालोपत्र सुरु गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिनुभयो । सम्झौताअनुसार ठेकेदार कम्पनीले दुई वर्ष ११ महिनाभित्र काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्नेछ । 

    सम्झौताअनुसार आठ किलोमिटर सडक निर्माणसहित अस्फाल्ट पिच गरिने जनाइएको छ । उक्त सडक निर्माण सम्पन्नपछि जिल्लाको दक्षिणी भेगका स्थानीयसँग सिधा यातायात सम्पर्क स्थापित हुनुका साथै स्थानीय बासिन्दालाईसदरमुकाम दिक्तेल बजार आवतजावतमा सहज हुनेछ ।

    कोशी प्रदेश सरकारका निर्वतमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले सोमबार डाँडागाउँमा एक कार्यक्रमगरी सडकको औपचारिक रूपमा शिलान्यास गर्नुभयो । उहाँले खोटाङमा विकास निर्माणमा ढिलासुस्ती स्वीकार्य नहुने बताउनुभयो । 

    साप्सुखोलापारिका साकेला, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्नेढुङ्गा र बराहपोखरी गाउँपालिकालाई दिक्तेल बजारसँग जोड्ने यो सडक अहिले कच्ची अवस्थामा छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बहाल–बहिल’ संस्कृतिको पुनरूत्थानमा काव प्रमुख डङ्गोलको प्रतिबद्धता
    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
    मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु
    • नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छः शिक्षामन्त्री पोखरेल
    • निकुञ्जका वन्यजन्तुलाई नहरको पानी
    • तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना
    • तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.