सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन


  •    न्युजभित्तो/५ जेष्ठ २०८३, मंगलवार ११:३१ 
  • काठमाडौँ, ५ जेठ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समितिको कार्यदल गठन गरेको छ । वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि सो कार्यदल गठन गरिएको हो । 

    मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञसहितको १५ सदस्यीय ‘टास्क फोर्स’ गठन गरिएको छ । सो कार्यदलले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन–अनुसन्धान, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानुन संशोधनका लागि सिफारिस गर्नेछ । सूचकका आधारमा २० वटा वडामा नमूना परियोजना छनोट गरी कार्यान्वयन, प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ ।

    सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बालीनालीको राहत प्रणालीलाई सरल, प्रभावकारी र समयसापेक्ष बनाउन सुझाव दिने व्यवस्था  गरिएको छ । कार्यदलले दिएको सुझावका आधारमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्य गरिने मन्त्रालयले जनाएको छ । 

    पछिल्लो समयमा जङ्गली जनावरहरू बस्ती क्षेत्रमा आएर आक्रमण तथा बालीनाली नोक्सानी गर्न थालेपछि सम्बन्धित क्षेत्र तथा सरोकारवाला पक्षले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा प्राविधिक तथा विशेषज्ञ सम्मिलित कार्यदल गठन गरेर प्रभावित क्षेत्रको अध्ययन गरी समस्या समाधानका लागि सुझाव दिएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.