सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली


  •    न्युजभित्तो/४ जेष्ठ २०८३, सोमबार १३:३० 
  • काठमाडौँ, ४ जेठः चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्सेको सफल आरोहण गर्ने पहिलो टोली बनेको छ ।

    गत बिहीबार ९मे १४० को बिहान ८ः५६ बजे सगरमाथाको सफल आरोहण गरेको चिनियाँ आरोही सी जुन्जीको टोलीले आज बिहान ११ः२५ बजे लोत्सेको सफल आरोहण गरेसँगै दुवै हिमाल चढ्ने पहिलो टोली बनेको हो । 

    उक्त टोलीमा नेपाली गाइड निङ्मा दोर्जे तामाङ र दावा नुरु शेर्पा हुनुहुन्छ ।

    हिमालयन माउन्टेरियरिङ एक्सपिडिसनमार्फत सगरमाथाको सफल आरोहण गरेको उक्त टोली क्याम्प २ झरेर पुनः लोत्सेको सफल आरोहण गरेको हो । उक्त टोली ‘रोप फिक्सिङ’ टोलीपछि सगरमाथा चुचुरो पहिलोपटक पुगेको थियो ।

    एक्सपिडिसनका सञ्चालक उत्सव पाठक ९८८४८.८६० मिटर उचाइको सगरमाथा र ९८५१६० मिटर उचाइको लोत्से आरोहण गर्ने पहिलो टोली बनेको बताउनुभयो । 

    सामान्यतया सगरमाथा चढेपछि आरोहीहरु क्याम्प ४ मै बसेर लोत्से आरोहण गर्ने भए पनि उक्त टोली भने क्याम्प २ मा झरेर पुनः लोत्सेको आरोहण गरेको हो । हिमालयन माउन्टेरियरिङ एक्सपिडिसनमार्फत हाल सगरमाथामा ६ जना र सगरमाथा तथा लोत्सेमा तीन जनाको टोली आरोहणका लागि गएको छ ।

    साथै, हिमाल आरोही कामिरिता शेर्पाले आइतबार बिहान ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान बनाउनुभएको छ भने महिला आरोही लाक्पा शेर्पाले पनि ११औँ पटक सगरमाथा आरोहण गर्नुभएको गरेर आफ्नै रेकर्ड तोड्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.