कञ्चनपुर, २२ वैशाख । नदीका बगरलाई उत्पादनका लागि अनुपयुक्त मानिन्छ । वर्षायाममा पानीले भरिने र बाँकी समय सेताम्मे बालुवामात्रै रहने बगर त्यसै खेर जाने गर्दछन् । तर कञ्चनपुरका किसानले यही बगरलाई अवसरमा परिणत गर्दै तरकारीखेतीमार्फत मनग्य आम्दानी गर्दै आएका छन ।
शुक्लाफाँटा नगरपालिकाअन्तर्गत पर्ने दोदा, वनहरा र स्याली नदीका बगरमा किसानले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । विगत साढे दुई दशकदेखि निरन्तर रूपमा बगर खेती गर्दै आएका किसानले यसबाट आफ्नो जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएका छन् ।
शुक्लाफाँटा नगरपालिका–१२ स्थित दोदा नदीको बगरमा करिब २५ वर्षदेखि खेती गर्दै आउनुभएका ठगी राना यसका जिउँदा उदाहरण हुनुहुन्छ । उहाँका अनुसार माघ महिनामा रोपिने लौका, काँक्रा, तरबुजा, प्याज, गोलभेँडा र तितेकरेला वैशाखको सुरुआतसँगै बजारमा पुग्न थाल्छन् । “एक सिजनमा झण्डै रु दुई लाखसम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “यही आम्दानीले परिवारको खर्च धान्न सहज भएको छ ।”
वर्षातको समयमा दोदा नदीमा पानी बग्ने भएकाले खेती सम्भव हुँदैन । तर बर्सात सकिएपछि बालुवाले सेताम्मे हुने बगरमा तरकारीखेतीले हरियाली छाउ छ । रानाजस्तै करिब २० परिवारले उक्त क्षेत्रमा सामूहिक रूपमा तरकारीखेती गर्दै आएका छन् । सीमित जमिन भए पनि पाँचदेखि १० कट्ठासम्म क्षेत्रफलमा गरिएको खेतीले राम्रो प्रतिफल दिइरहेको किसानहरू बताउनुहुन्छ ।
बजार प्रणालीमा आएको परिवर्तनले पनि बगरखेतीलाई थप सहज बनाएको छ । पहिले किसानले उत्पादन गोरुगाडामा राखेर गाउँगाउँ पु¥याई गहुँलगायतका अन्नसँग साट्ने गर्थे । स्थानीय किसान उपदेव रानाका अनुसार अहिले व्यापारीहरू नै बारीमा पुगेर तरकारी खरिद गर्न थालेका छन् । “बिक्री नभएको तरकारी मोटरसाइकल, साइकलमा राखेर बजारसम्म पु¥याउँछौँ”, उहाँले भन्नुभयो ।
अझै पनि केही किसानले परम्परागत अन्नसँग तरकारी साट्ने वस्तु विनिमय प्रणालीलाई निरन्तरता दिएका छन् । सुखी रानाका अनुसार नगदमा बिक्री गर्नुभन्दा गहुँसँग तरकारी साट्दा बढी फाइदा हुने अनुभव छ । “हामी अझै पनि अन्नसँग साटासाट गर्ने चलनलाई जोगाइरहेका छौँ”, उहाँले बताउनुभयो “यसबाट नगदभन्दा बढी फाइदा हुन्छ ।”
वनहरा नदीको बगरमा खेती गर्दै आउनुभएकी सरस्वती रानाले गत वर्ष रु तीन लाखसम्म आम्दानी गर्नुभएको थियो । “यस वर्ष उत्पादन केही कम भए पनि रु दुई लाखभन्दा बढी आम्दानी हुनेमा ढुक्क छु”, उहाँले भन्नुभयो । उहाँका अनुसार बीउबिजन, मलखाद, विषादी, घेराबार र जङ्गली जनावरबाट जोगाउन जाली लगाउँदा करिब रु ५० हजार खर्च हुने गर्दछ ।
स्याली नदीको बगरमा खेती गर्ने लोकेन्द्र रानाले यस सिजनमा काँक्रा बिक्रीबाट मात्रै रु २० हजारभन्दा बढी आम्दानी गरिसक्नुभएको छ । उहाँका अनुसार यामभरि सबै तरकारी बिक्री गर्दा करिब रु दुई लाख आम्दानी हुने गरेको छ । स्याली नदीको बगरमा वडा नं ३ देखि १२ सम्मका १०० भन्दा बढी परिवार बगरखेतीमा आबद्ध छन् ।
कुनै समय यी बगर क्षेत्रमा भारतीय किसानहरूको दबदबा रहने गरेको स्थानीय किसान सम्झनुहुन्छ । भारतीयबाटै खेती गर्ने सीप सिकेपछि अहिले स्थानीय किसान आफैँ आत्मनिर्भर बनेका छन् । यसले स्थानीय उत्पादन वृद्धि हुनुका साथै रोजगारी सिर्जनामा योगदान पु¥याएको छ ।
बगरखेतीको अर्को विशेषता भनेको कम रोग–किरा लाग्नु हो । तातो बालुवायुक्त जमिनमा किराहरू टिक्न नसक्ने भएकाले उत्पादनमा क्षति कम हुने किसान इतवरिया राना बताउनुहुन्छ । “यसले लागत घटाउँछ र नाफा बढाउँछ”, उहाँले भन्नुभयो । हाल स्याली, सनवोरा र दोदा नदीका बगरमा गरी झण्डै छ सयभन्दा बढी किसान परिवार तरकारीखेतीमा संलग्न छन् । शुक्लाफाँटा नगरपालिका–१२ का वडाध्यक्ष नवलसिंह रानाका अनुसार बगरखेतीबाट मात्रै वार्षिक रु दुई करोडभन्दा बढीको तरकारी उत्पादन हुने गरेको छ ।
“यसले स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पु¥याएको छ”, उहाँले भन्नुभयो । उत्पादन भएका तरकारी चोरी हुनबाट र स्याललगायतका जङ्गली जनावरबाट जोगाउनका लागि किसानले झोपडी बनाएर बगरमै बस्ने गरेका छन् । जङ्गली जनावरलाई बारीमा पस्नबाट रोक्नका लागि पछिल्लो समय प्लाष्टिकको नेट लगाउने गरिएको छ ।
“नदी किनारका बगरहरू अब खेर जाँदैनन्”, वडाध्यक्ष रानाले भन्नुभयो, “मेहनत, अनुभव र स्थानीय सीपको प्रयोगले ती बगरहरू किसानका लागि आयआर्जनको बलियो आधार बनेका छन्, उचित प्रविधि, सिँचाइ र बजार व्यवस्थापनमा थप सुधार हुनसके बगरखेतीले अझ व्यापक आर्थिक सम्भावना बोकेको देखिन्छ ।” रासस
कञ्चनपुर, २२ वैशाख । नदीका बगरलाई उत्पादनका लागि अनुपयुक्त मानिन्छ । वर्षायाममा पानीले भरिने र बाँकी समय सेताम्मे बालुवामात्रै रहने बगर त्यसै खेर जाने गर्दछन् । तर कञ्चनपुरका किसानले यही बगरलाई अवसरमा परिणत गर्दै तरकारीखेतीमार्फत मनग्य आम्दानी गर्दै आएका छन ।
शुक्लाफाँटा नगरपालिकाअन्तर्गत पर्ने दोदा, वनहरा र स्याली नदीका बगरमा किसानले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । विगत साढे दुई दशकदेखि निरन्तर रूपमा बगर खेती गर्दै आएका किसानले यसबाट आफ्नो जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएका छन् ।
शुक्लाफाँटा नगरपालिका–१२ स्थित दोदा नदीको बगरमा करिब २५ वर्षदेखि खेती गर्दै आउनुभएका ठगी राना यसका जिउँदा उदाहरण हुनुहुन्छ । उहाँका अनुसार माघ महिनामा रोपिने लौका, काँक्रा, तरबुजा, प्याज, गोलभेँडा र तितेकरेला वैशाखको सुरुआतसँगै बजारमा पुग्न थाल्छन् । “एक सिजनमा झण्डै रु दुई लाखसम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “यही आम्दानीले परिवारको खर्च धान्न सहज भएको छ ।”
वर्षातको समयमा दोदा नदीमा पानी बग्ने भएकाले खेती सम्भव हुँदैन । तर बर्सात सकिएपछि बालुवाले सेताम्मे हुने बगरमा तरकारीखेतीले हरियाली छाउ छ । रानाजस्तै करिब २० परिवारले उक्त क्षेत्रमा सामूहिक रूपमा तरकारीखेती गर्दै आएका छन् । सीमित जमिन भए पनि पाँचदेखि १० कट्ठासम्म क्षेत्रफलमा गरिएको खेतीले राम्रो प्रतिफल दिइरहेको किसानहरू बताउनुहुन्छ ।
बजार प्रणालीमा आएको परिवर्तनले पनि बगरखेतीलाई थप सहज बनाएको छ । पहिले किसानले उत्पादन गोरुगाडामा राखेर गाउँगाउँ पु¥याई गहुँलगायतका अन्नसँग साट्ने गर्थे । स्थानीय किसान उपदेव रानाका अनुसार अहिले व्यापारीहरू नै बारीमा पुगेर तरकारी खरिद गर्न थालेका छन् । “बिक्री नभएको तरकारी मोटरसाइकल, साइकलमा राखेर बजारसम्म पु¥याउँछौँ”, उहाँले भन्नुभयो ।
अझै पनि केही किसानले परम्परागत अन्नसँग तरकारी साट्ने वस्तु विनिमय प्रणालीलाई निरन्तरता दिएका छन् । सुखी रानाका अनुसार नगदमा बिक्री गर्नुभन्दा गहुँसँग तरकारी साट्दा बढी फाइदा हुने अनुभव छ । “हामी अझै पनि अन्नसँग साटासाट गर्ने चलनलाई जोगाइरहेका छौँ”, उहाँले बताउनुभयो “यसबाट नगदभन्दा बढी फाइदा हुन्छ ।”
वनहरा नदीको बगरमा खेती गर्दै आउनुभएकी सरस्वती रानाले गत वर्ष रु तीन लाखसम्म आम्दानी गर्नुभएको थियो । “यस वर्ष उत्पादन केही कम भए पनि रु दुई लाखभन्दा बढी आम्दानी हुनेमा ढुक्क छु”, उहाँले भन्नुभयो । उहाँका अनुसार बीउबिजन, मलखाद, विषादी, घेराबार र जङ्गली जनावरबाट जोगाउन जाली लगाउँदा करिब रु ५० हजार खर्च हुने गर्दछ ।
स्याली नदीको बगरमा खेती गर्ने लोकेन्द्र रानाले यस सिजनमा काँक्रा बिक्रीबाट मात्रै रु २० हजारभन्दा बढी आम्दानी गरिसक्नुभएको छ । उहाँका अनुसार यामभरि सबै तरकारी बिक्री गर्दा करिब रु दुई लाख आम्दानी हुने गरेको छ । स्याली नदीको बगरमा वडा नं ३ देखि १२ सम्मका १०० भन्दा बढी परिवार बगरखेतीमा आबद्ध छन् ।
कुनै समय यी बगर क्षेत्रमा भारतीय किसानहरूको दबदबा रहने गरेको स्थानीय किसान सम्झनुहुन्छ । भारतीयबाटै खेती गर्ने सीप सिकेपछि अहिले स्थानीय किसान आफैँ आत्मनिर्भर बनेका छन् । यसले स्थानीय उत्पादन वृद्धि हुनुका साथै रोजगारी सिर्जनामा योगदान पु¥याएको छ ।
बगरखेतीको अर्को विशेषता भनेको कम रोग–किरा लाग्नु हो । तातो बालुवायुक्त जमिनमा किराहरू टिक्न नसक्ने भएकाले उत्पादनमा क्षति कम हुने किसान इतवरिया राना बताउनुहुन्छ । “यसले लागत घटाउँछ र नाफा बढाउँछ”, उहाँले भन्नुभयो ।
हाल स्याली, सनवोरा र दोदा नदीका बगरमा गरी झण्डै छ सयभन्दा बढी किसान परिवार तरकारीखेतीमा संलग्न छन् । शुक्लाफाँटा नगरपालिका–१२ का वडाध्यक्ष नवलसिंह रानाका अनुसार बगरखेतीबाट मात्रै वार्षिक रु दुई करोडभन्दा बढीको तरकारी उत्पादन हुने गरेको छ ।