सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’


  •    न्युजभित्तो/१० माघ २०८२, शुक्रबार १४:२३ 
  • जलेश्वर(महोत्तरी), ९ माघ । नेपाल र भारतको मिथिलाञ्चल क्षेत्रमा आज हलो गोरु पूजा गरिएको छ । प्रत्येकवर्ष झै श्रीपञ्चमीको अवसर पारेर महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले आजका दिन आ–आफ्ना हलो र गोरुको पूजा गर्दै हलो गोरु पूजा मनाइरहेका छन् ।

    परम्परागत रूपमा यहाँ किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै आजका दिन हलो र गोरुको पूजा गर्दै आएको जलेश्वर नगरपालिका– ५ का संस्कृतिविद् ध्रुव झाले बताउनुभयो । मिथिलाञ्चलका किसानले आ––आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षेता, अबीर, चामल, लड्डुलगायतका वस्तुसहित आँगनमा हलो राखेर पूजाआजा गर्नेछन् । यस्तै, घर बाहिर गोरुलाई नुहाइ नयाँ रङ्गीचङ्गी डोरी लगाएर पूजा गर्ने गरेको जलेश्वर नगरपालिका– ८ का पण्डित बद्रीनारायण झाले बताउनुभयो ।

    किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर एकछिन जोत्ने चलन रहेको जलेश्वर–८ कै अर्का पण्डित अनिल पाठकले बताउनुभयो । आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलो पटक खेत जोत्न लगाउने तथा बाछोबाट गोरुको रूपमा तयार भइसकेकालाई आजका दिनबाटै गोरु बनाउने चलन रहेको छ ।

    किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औँजारलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने प्रचलनसमेत रहेको छ । श्रीपञ्चमीको अवसरमा किसानले अरवा चावलमा सख्खर मिलाएर एक किसिमको कृषिप्रसाद तयार पार्दछन् भने हलो र गोरुको पूजा गरेर एकआपसमा अबीर दल्ने तथा प्रसाद वितरण गर्ने गरेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु
    सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि
    सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक
    • करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    • ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.