सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’


  •    न्युजभित्तो/७ पुष २०८२, सोमबार १७:११ 
  • काठमाडौँ, ७ पुस । होटल तथा रेष्टुरेण्टका सञ्चालक तथा कर्मचारीले खाद्य सुरक्षा र स्वच्छतलाई ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

    नेपाल पर्यटन बोर्ड, युएनडिपी दिगो पर्यटन विकास परियोजना र रेष्टुरेण्ट एण्ड बार एशोसियशन नेपाल (रेवान) को आयोजनामा गरिएको खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी कार्यक्रमका वक्ताले होटल र रेष्टुरेन्टले खाद्य सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

    रेवानका अध्यक्ष सङ्घर्ष विष्टले होटल तथा रेष्टुरेण्टबाट प्रदान गरिने खानालाई कसरी सफा, सुरक्षित र स्वास्थ्यका लागि उपयोगी बनाउन सकिन्छ भन्नेबारे होटल र रेष्टुरेण्टका व्यवसायीलाई रेवानले विभिन्न समयमा क्षमता अभिवृद्धिसम्बन्धी तालिम प्रदान गर्दैै आइरहेको जानकारी दिनुभयो ।

    “होटल तथा रेष्टुरेण्टमा पाक्ने खानालाई ब्याक्टेरिया, भाइरस, रसायन वा अन्य दूषित पदार्थबाट मुक्त राख्नु सिकाउनु, राम्रो गुणस्तर कच्चापदार्थ प्रयोग गर्न सिकाउनु, खाना पकाउँदा र खाँदा सफाइमा ध्यान दिनु अहिलेको मुख्य आवश्यकता होे”, उहाँले भन्नुभयो ।

    बिहीबारदेखि सुरु भएको क्षमता अभिवृद्धि तालिमका प्रशिक्षक फुड साइन्टिट्स डा हुमा बुकिम, फुड टेक्नोलोजिष्ट सञ्जय भण्डारी, नवीन कर्माचार्य र प्रेमबहादुर क्षेत्रीले पकाएको र कच्चा खानालाई छुट्टाछुट्टै राख्ने, म्याद सकिएको खाना नखाने, उचित तापक्रममा भण्डारण गर्ने, खाना पकाउनु अघि र खाँदा साबुनले हात धुने, किचन सफा राख्ने, खाना ढाकेर राख्नेलगायतका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

    कार्यक्रमका संयोजक सचिन कर्माचार्यले होटल तथा रेष्टुरेण्टमा कार्यरत कर्मचारीलाई थप अब्बल बनाउनका लागि तालिम प्रदान गरिएको बताउनुभयो । उहाँले रेवानले आगामी दिनमा नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, तनहुँको बन्दिपुरमा होटल तथा रेष्टुरेण्टमा आबद्ध व्यवसायी तथा कर्मचारीलार्ई तालिम प्रदान गरिने जानकारी दिनुभयो ।

    कार्यक्रमका रेवानका कोषाध्यक्ष एवं सहसंयोजक विप्लव भट्टले दुई दिनसम्म सिकेको सिकाइलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खाद्य सुरक्षा र स्वच्छताले मानिसलाई स्वस्थ्य राख्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले हेलचक्र्याई नगर्न सबैलाई आग्रहसमेत गर्नुभयो ।

    रेवानले काठमाडौँ उपत्यकाभित्र सञ्चालित २६० होटल तथा रेष्टुरेण्टका सञ्चालक तथा कर्मचारीलाई खाद्य सुरक्षा र स्वच्छतासम्बन्धी तालिम प्रदान गरेको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग
    • नरभक्षी बाघ खोरमा
    • ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    • ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.