सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता


  •    न्युजभित्तो/२२ मंसिर २०८२, आईतवार १६:४९ 
  • दोहा (कतार), २१ मङ्सिर । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र कतार न्युज एजेन्सी (क्युएनए) का उच्च अधिकारीहरूबीच समाचार आदानप्रदानसहित द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको छ ।

    ‘दोहा फोरम’मा सहभागी हुने क्रममा कतारमा रहनुभएका कार्यकारी अध्यक्ष झाले आज क्युएनएको प्रधान कार्यालय पुगी उच्च अधिकारीहरूसँग सहयोग र सहकार्यलगायत समसामयिक विषयमा छलफल गर्नुभएको हो ।

    सो अवसरमा क्युएनएका समाचार विभागका निर्देशक युसुफ याकुब अल हमादी र कानुन विभागका सहायक निर्देशक आम्ना अहमद अल हमैदीले कार्यकारी अध्यक्ष झालाई स्वागत गर्दै समझदारीपत्रमा उल्लेख भएबमोजिम सहयोग र सहकार्यको नीतिलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउन क्युएनएका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    क्युएनए र राससका बीच समाचार आदानप्रदान गर्ने सहमति भएपछि कतार र नेपालका साथै दुवै देशका जनता लाभन्वित भएकामा खुसी व्यक्त गर्दै क्युएनएका उच्च अधिकारीहरूले आपसी भ्रमण तथा तालिम कार्यक्रमको व्यवस्था गरी द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ, सुदृढ र मित्रवत् बनाउनुपर्नेमा जोड दिनुभयो ।

    यसैगरी, राससका कार्यकारी अध्यक्ष झाले मित्रराष्ट्र कतारको समाचार समिति ‘क्युएनए’सँग साझेदारी र सहकार्य गर्न पाउनु नेपाल र राससका लागि खुसीको विषय भएको उल्लेख गर्दै नेपाली समुदायको उल्लेख्य बसोबास रहेको हाम्रो एक महत्वपूर्ण मित्रराष्ट्र कतारसँग सम्बन्धित समाचार सामग्रीलाई उच्च प्राथमिकता दिई राससले सम्प्रेषण गर्दै आएको जानकारी दिनुभयो ।

    राससको सेवा र नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै कार्यकारी अध्यक्ष झाले गुणस्तरीय समाचार सामग्रीसहित क्षमता अभिवृद्धिसम्बन्धी तालिम, पुस्तकालय सुदृढीकरण, सङ्ग्रहालय स्थापना तथा व्यवस्थापन र आधुनिक सूचना प्रविधिका क्षेत्रमा उदाहरणीय काम गरिरहेको राससले स्रोतसाधन सम्पन्न ‘क्युएनए’बाट सहयोगको अपेक्षा गरेको बताउनुभयो ।  

    उहाँले नेपालको मध्यपूर्वमा द्विपक्षीय सम्बन्ध भएको, धेरै नेपालीको बसोबास रहेको र चमत्कारिक रुपमा विकास गरिरहेको समृद्ध एवं वैभवशाली देश कतारबाट नेपालीले सिक्नुपर्ने विषय धेरै रहेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

    कार्यकारी अध्यक्ष झाले दुवै देशका समाचार संस्थाबीच समाचार सामग्री आदानप्रदान गर्ने क्रममा हामीबीच यसअघि भएको औपचारिक समझदारीलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोग र सहकार्यको नीतिलाई अझ प्रभावकारी, फलदायी र उपलब्धिमूलक बनाउने सन्दर्भमा क्युएनए उच्च अधिकारीहरूबाट प्राप्त हार्दिकता, सदासयता र प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गर्नुभयो ।    

    कतारका राजाको औपचारिक भ्रमणका क्रममा २०८१ साल वैशाख १२ गते काठमाडौँमा आयोजित विशेष समारोहमा ‘रासस’ र ‘क्युएनए’ बीच समाचार सामग्री आदानप्रदानसम्बन्धी समझदारी भएको थियो । नेपालको विकास निर्माणसहित विभिन्न गतिविधिमा सहयोग पुर्याउँदै आएको र कामका सिलसिलामा उल्लेख्य सङ्ख्यामा नेपाली समुदायको बसोबास रहेको ‘कतार’ को सरकारी समाचार समिति ‘क्युएनए’ र नेपालस्थित राज्यद्वारा सञ्चालित राससबीच समाचार सामग्री आदानप्रदान हुँदै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.