सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सीमान्तकृत समुदाय लक्षित आयमूलक कृषि कार्यक्रम


  •    न्युजभित्तो/१६ मंसिर २०८२, सोमबार १४:२७ 
  • सुदूरपश्चिम, १५ मङ्सिर । सुदूरपश्चिम प्रदेश सरकारले एकल महिला, अपाङ्गता भएका, मुक्त कम्लहरी, सीमान्तकृत समुदाय लक्षित गरेर आयमूलक कृषि कार्यक्रम सुरु गरेको छ । 

    कैलालीमा यो कार्यक्रमका लागि किसानहरु छनोट गरी काम अघि बढाइएको कृषि ज्ञान केन्द्र प्रमुख घनश्याम चौधरीले जानकारी दिनुभयो । प्रदेशका अन्य जिल्लामा पनि कार्यक्रम कार्यान्वयनको चरणमा छ ।

    कार्यक्रमअन्तर्गत परिचयपत्र प्राप्त इच्छुक एकल महिला, अपाङ्गता भएका तथा विपन्न, मुक्त कम्लहरीलाई जनही रु १५ हजार बराबरको कृषि कार्य गरेबापत भुक्तानी कृषि ज्ञान केन्द्रमार्फत उपलब्ध गराइने जनाइएको छ ।  

    “कार्यक्रममा तरकारी र च्याउखेती, मौरीपालन, रैथाने थारू आलुखेती गर्ने किसानलाई समेटेका छौँ,” कार्यालय प्रमुख चौधरीले भन्नुभयो, “छनोटमा परेका किसानले रु १५ हजारभित्र रहेर कृषि कार्य गर्नुपर्ने छ, कामको अनुगमन निरीक्षणपछि रकम भुक्तानी गरिने छ ।”

    यो कार्यक्रमका लागि जिल्लामा २०० किसान छनोट भएका छन् । चालु वर्षमा जिल्लाभरि यस्ता ४०० किसानलाई समेटेर आयमूलक कृषि गराउने सरकारको लक्ष्य छ । चालु वर्षमा यो कार्यक्रममा लागि कैलालीमा मात्रै रु ६० लाख बजेट विनियोजन गरिएको छ ।

    सुदूरपश्चिम प्रदेशको कैलालीसहित सबै जिल्लामा कार्यान्वयन हुन लागेको यो कार्यक्रमबाट एकल महिला, मुक्त कम्लहरीलगायत सीमान्तकृत समुदायको आयआर्जन बढ्ने विश्वास गरिएको छ ।

    प्रदेश सरकारले चालु आर्थिक वर्षमा ‘एक स्थानीय तह दुई उत्पादन’को नीति लिएको छ । यो नीतिबमोजिम प्रदेशका सबै ८८ स्थानीय तहमा स्थानीय तह विशेष पकेट क्षेत्र कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।  

    यो कार्यक्रमका लागि कृषितर्फ रु ४० लाख र पशुपालनतर्फ रु ४० लाख गरी प्रत्येक स्थानीय तहका लागि रु ८० लाख बजेट विनियोजन गरिएको छ । प्रत्येक स्थानीय तहमा कम्तीमा एक उत्पादन होस् भन्ने उद्देश्यले सबै स्थानीय तहलाई समान बजेट विनियोजन गरिएको जनाइएको छ । 

    कार्यक्रम कार्यान्वयनको सिलसिलामा कैलालीका सबै १३ पालिका तहमा छुट्टाछुट्टै बालीको खेती गर्न सम्झौता भएर काम सुरु भइसकेको कृषि ज्ञान केन्द्रका प्रमुख चौधरीले बताउनुभयो ।  कृषक, कृषक समूह, सहकारीमार्फत यो कार्यक्रम कार्यान्वयनमा आएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.