सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा


  •    न्युजभित्तो/१६ मंसिर २०८२, सोमबार १३:४६ 
  • तम्घास (गुल्मी), १५ मङ्सिर । रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ । वडा नम्बर ३ मा रहेको थानापति स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरेसँगै रुरुक्षेत्रका छ वटै वडाका नागरिकको पहुँचमा ल्याब सेवा पुगेको हो । 

    ल्याब सेवा सञ्चालनका लागि प्रत्येक स्वास्थ्य चौकीमा एक÷एक ल्याब टेक्निसियनको दरबन्दी थप गरिएको छ । ल्याब सेवा सुरू भएपछि स्थानीयलाई रगत, पिसाब, हर्मोन लगायतका रोगको परीक्षण गर्न रिडी वा श्रृङ्गा अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको छ । त्यसैगरी गर्भवतीलगायत अन्य बिरामीको रगत परीक्षण, रगत ग्रुपको पहिचान लगायतका सेवामा सहज भएको गाउँपालिकाले जनाएको छ । 

    स्वास्थ्य चौकीबाट यसभन्दा पहिले खोप सेवा, गर्भवती जाँच, परिवार नियोजन, सर्ने तथा नसर्ने रोग, सरकारले तोकेका औषधिको उपलब्धता लगायतका सेवा प्रदान हुदैँ आएको थियो । गाउँपालिका अध्यक्ष यदु ज्ञवालीका अनुसार स्वास्थ्य क्षेत्रमा रुरुक्षेत्र अब्बल बन्दै गएको छ । “पालिकाभित्रका सबै नागरिकलाई सहज स्वास्थ्य सुविधा उपलब्ध गराउने लक्ष्य हो”, अध्यक्ष ज्ञवालीले भन्नुभयो, “निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार काम गरेका छौँ ।” उहाँले रिडीमा १५ शैय्याको अस्पताल सञ्चालनको अन्तिम तयारी भएको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.