सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दश महिनामा रामग्राम स्तुपमा १७ हजारबढी पर्यटकको आगमन


  •    न्युजभित्तो/१५ मंसिर २०८२, आईतवार १६:०८ 
  • नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १४ मंसिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ उजैनीस्थित रामग्राम स्तुप विश्वभरिका बुद्धको एकमात्र सिङ्गो अस्तुधातु भएको ठाउँ हो । जुन पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न थालेको छ ।

    रामग्राम स्तूपमा सन् २०२५ जनवरी १ देखि अक्टोबर अन्तिमसम्मको १० महिनामा १७ हजार ४१७ जना पर्यटकले भ्रमण गरेका रामग्राम स्तुप विकास कोषका पर्यटन सहायक कर्मचारी अरविन्द चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यसवर्ष पर्यटकको सङ्ख्या बढ्दो क्रममा छ । गत वर्षको सोही अवधिमा भन्दा यस वर्ष तीन हजार ७३८ बढी पर्यटक स्तुप अवलोकनका लागि पुगेका छन् ।”

    रामग्राम स्तुपमा सबैभन्दा बढी थाइल्याण्डका छ हजार ६६८ पर्यटकको आगमन भएको पर्यटन सहायक कर्मचारी अरविन्द चौधरीले जानकारी दिनुभयो । आन्तरिक पर्यटकमा माथिल्लो मुस्ताङका दुई हजार ३७९ यहाँ पुगेका भन्दे सबैभन्दा कम युगाण्डाका एक जना रहेका बताउनुभयो । उहाँका अनुसार स्तुपमा नेपाल बाहेक ३६ देशका पर्यटक आउने गरेका छन् । रामग्राम स्तुपमा पछिल्लो समय पर्यटक बढ्न थालेपछि स्थानीयको आयआर्जन बढ्नुका साथै रोजगारी पाएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.