सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरु पक्राउ


  •    न्युजभित्तो/१५ मंसिर २०८२, आईतवार १३:३५ 
  • चितवन, १४ मंसिर । माडी नगरपालिकास्थित बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पक्राउ गरिएको छ । गत बिहीबार राति १०ः१५ बजेको समयमा चार÷पाँच जनाको समूहमा आएका युवाले आक्रमण चिकित्सक स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

    इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईले अस्पतालले शुक्रबार निवेदन दिएपछि चार जना आरोपीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउपर्नेमा माडीका किरण खाती, सङ्गम तिवारी, विकास गुरुङ र प्रकाश गौतम रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरी निरीक्षक राईले भन्नुभयो, “चिकित्सकहरुले कुटपिटमा मुद्दा चलाउने भन्दै हुनुहुन्छ, कुटपिटको मुद्दा सिधैँ अदालतबाट चल्छ ।” बघौडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा धीरञ्जनकुमार साहका अनुसार मङ्सिर ११ गते राति १०ः१५ बजेको समयमा अस्पताल परिसरभित्रै आक्रमण भएको हो । युवाले मादक पदार्थ सेवन गरी आक्रमण गरेको उहाँको भनाइ छ । डा साहका अनुसार डा दीपेन्द्र विश्वास, डा देवेन्द विश्वास, हे।अ। अनुप सुवेदी, कविराज तिवारीलगायत चिकित्सक स्वास्थ्यकर्मीमाथि घाउचोट हुने गरी कुटपिट भएको छ । उनीहरुले अपशब्द बोल्दै गालीगलौजसमेत गरेको उहाँले जानकारी दिनुभयो ।

    नेपाल चिकित्सक सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष डा दीपेन्द्र न्यौपानेले दोषीलाई कानुनअनुसार हदैसम्मको कारबाही हुनुपर्ने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता
    जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै
    बिमाका लागि पशुको नामसारी अनिवार्य
    • पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव
    • तनहुँमा दूध उत्पादनमा वृद्धि
    • सन्दर्भः विश्व माटो दिवस: बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान
    • प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.