सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भिर र चट्टानसहितको पहराले गाउँमा सडक नपुग्दा सास्ती


  •    न्युजभित्तो/१५ मंसिर २०८२, आईतवार १०:३६ 
  • ढोरपाटन (बागलुङ), १४ मंसिर । जैमिनी नगरपालिका–८ सल्यानधारा गाउँमा अहिलेसम्म सडक पुगेको छैन । छिमेकी गाउँमा मोटरबाटो पुगेको वर्षौ भयो । तर यस गाउँका स्थानीय गाडी चढ्नका लागि अर्को गाउँमा पुग्नुपर्ने बाध्यता छ । नगरपालिकाले सडक पुर्याउन वर्षौँदेखि प्रयास गर्दै आएको छ । वडा नं ८ कै केवैखानी गाउँ र सल्यानधाराको बीचमा ठूलो भिर र चट्टानसहितको पहरा हुँदा सडकले जोडिन नसकेको हो ।

    धारालाई सडक सञ्जालमा जोड्न धुस, वाइनकुना र अर्को छिस्ती केवैखानी हुँदै सडकको निर्माण गरिँदैछ । केवैखानी हुँदै जोड्नका लागि अब करिब एक सय मिटर बाँकी रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । वाइनकुनाबाट अझै डेढ किलोमिटर सडक निर्माण गरेपछि मात्र सल्यानधारा गाउँमा मोटरबाटो पुग्ने उहाँको भनाइ छ ।

    वाइनकुनाबाट जोड्न छोटो पर्ने भए पनि ठूलो भिर पहराका कारण अहिलेसम्म सडक पुर्याउन नसकेको उपप्रमुख शर्माले बताउनुभयो । सल्यानधारालाई सडकले जोड्न हालसम्म रु दुई करोड बढी बजेट खर्च भइसकेको उहाँ बताउनुहुन्छ । निकै अप्ठ्यारो भूगोलका कारण अहिलेसम्म उक्त गाउँमा सडक नपुगेको उपप्रमुख शर्माको भनाइ छ । यस वर्ष पनि रु छ लाख बजेटले पहरा फोड्ने काम भइरहेको छ । बजेट व्यवस्थापन भए यसै वर्ष सल्यानधारामा सडक पुग्ने उहाँ बताउनुहुन्छ ।

    “सल्यानधारामा सडक पुर्याउनका लागि हामीहरूले प्रयास गर्दै आएको धेरै भयो, तर अहिलेसम्म पुर्याउन सकिरहेका छैनौँ, तर यस वर्ष जसरी पनि पुर्याउनुपर्छ भनेका छौँ, गाउँ जोड्ने बीचमा ठूलो चट्टानसहितको भिर हुँदा त्यसलाई फुटाउन गाह्रो भएको हो”, उपप्रमुख शर्माले भन्नुभयो, “यसपालि अलि कम बजेट थियो, यद्यपि काम राम्रै भयो, केही बजेट व्यवस्थापन गर्न सके यही आर्थिक वर्षभित्र सल्यानधारामा सडक पुर्याउन सकिन्थ्यो ।”

    स्थानीय डोल्मा गाहामगरले सडकले गाउँ नजोडिँदा यात्रा र सामान ढुवानी गर्न समस्या भोग्नुपरेको बताउनुभयो । छिमेकी गाउँमा घर अगाडि नै गाडी गुड्ने भए पनि सल्यानधारानै यातायताको सुविधाबाट वञ्चित रहेको उहाँको भनाइ छ । अहिले पनि यस स्थानीयले बोकेरै नुन, तेल, चामललगायतका दैनिक उपभोग्य सामान लिने गरेको उहाँले सुनाउनुभयो ।

    अर्का स्थानीय तुलबहादुर श्रीसले अहिले गाडी चढ्नका लागि ४५ मिनेट टाढा रहेको केवैखानीमा गाउँमा पुग्नुपर्ने बताउनुभयो । यहाँ करिब २५ परिवारको बसोबास छ । सबैभन्दा समस्या आकस्मिक सामान ढुवानीमा भएको उहाँको भनाइ छ । नगरपालिकाको सबै ठाउँतिर विकास हुँदै गए पनि आफूहरू आझेलमा परेको श्रीसले बताउनुभयो । भौगोलिक विकटताका कारण पछाडि परेको भन्दै राज्यले यस्ता दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर विकास गर्नुपर्ने उहाँ बताउनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.