सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संघीय अस्पतालमा भरतपुर अस्पताल उत्कृष्ट


  •    न्युजभित्तो/१३ मंसिर २०८२, शुक्रबार १४:२० 
  • चितवन, १२ मंसिर । संघीय अस्पतालको रुपमा रहेको चितवनस्थित भरतपुर अस्पताल उत्कृष्ट सेवा दिने अस्पताल बनेको छ। न्यूनतम सेवा मापदण्डमा सबैभन्दा बढी अंक प्राप्त गर्दै भरतपुर अस्पताल गुणस्तरीय सेवा दिने अस्पतालको रुपमा उत्कृष्ट अस्पताल बनेको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा बोल्दै नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड अनुसार सबैभन्दा धेरै ८८ अंक प्राप्त गरेको बताए।

    भेरी अस्पताल ८३, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ७९, धरान स्वास्थ्य विज्ञान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ७५, डडेल्धुरा अस्पताल ७३, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७१ प्रतिशत न्यूनतम सवा मापदण्ड पूरा गरेका छन्।

    यस्तै, वीर अस्पताल ६७, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल ६४, कोशी अस्पताल ६३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ५९, नारायणी अस्पतालले ५६ प्रतिशत मापदण्ड पुरा गरेका छन्। यी अस्पतालहरु सुधार गर्ने क्रममा रहेको डा पौडेलले बताएका छन्।

    तर गजेन्द्र नाराण सिंह अस्पताल र मानसिक पाटन अस्पतालको अवस्था निकै दयनीय रहेको उनले गोष्ठीमा जानकारी दिए। गजेन्द्रलले ३६ र मानसिक अस्पतालले ३२ प्रतिशत मात्र मापदण्ड पूरा गरेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.