सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तुलसीपुरमा मौरीका चाका बनाउने उद्योग स्थापना


  •    न्युजभित्तो/१२ मंसिर २०८२, बिहीबार १६:५० 
  • तुलसीपुर (दाङ), ११ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अशोककुमार शर्माले कुनै समय मौरीकालागि बाहिरी देशबाट चाका ल्याउनुपथ्र्यो । कहिल्यै भारतबाट त कहिल्यै चीनबाट चाका ल्याएर मौरी पालन गर्नुपर्ने अबस्था थियो । तर, अहिले मौरीका चाका तयार गरेर आफूले पनि प्रयोग गर्ने गरेको र बाहिरी जिल्लामा पनि निर्यात गर्दै आउनुभएको छ । “पहिले बाहिरबाट ल्याउथेँ”, उहाँले भन्नुभयो “ तर अहिले आफैँ चाका उत्पादन गरेर निर्यात गर्दै आएको छु ।”

    उहाँले दाङसहित रुकुम पश्चिम, सल्यान, रोल्पा, प्यूठान, बाँकेलगायतका जिल्लामा निर्यात गर्ने गरेको बताउनुभयो । शर्माले सञ्चालन गरेको आचार्य माहुरी कृषि तथा पशुपक्षी फर्ममा ५० प्रतिशत अनुदानमा मेसिन ल्याएपछि यसरी चाका बनाउन थाल्नुभएको हो । आर्थिक वर्ष २०८१÷०८२ मा मेसिन ल्याएर चाका उत्पादन सुरु गरिएको हो । गएको वर्ष मात्रै १० क्वीन्टल आधार चाका उत्पादन भएको उहाँले बताउनुभयो । यस वर्ष १५ क्वीन्टल जति उत्पादन गर्ने लक्ष्य रहेको शर्माले बताउनुभयो । चाकालाई एक हजार रुपैँया किलोका दरले बिक्री हुने गरेको छ । स्थानीय स्रोत साधनलाई प्रयोग गरेर चाका बनाउने गरिएको छ । “हामीले भारत, चीनबाट ल्याउँदा रसायन भएको हुन्थ्यो”, उहाँले भन्नुभयो “तर हामीले उत्पादन गरेका चाकामा त्यस्तो समस्या छैन, मौरीले पनि धेरै मन पराउछन् ।” चाकाबाटै गएको वर्ष पाँच लाख आम्दानी गरेको उहाँले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ९मौरी सुपरजोन० परियोजनाले ५० प्रतिशत अनुदानमा उक्त मेसिन उपलब्ध गराएको हो ।

    मौरी पालनबाट आम्दानी

    उहाँले मौरी पालन पनि गर्दै आउनुभएको छ । २०६२ सालदेखि मौरी पालन गर्दै आउनुभएका उहाँले वार्षिक १५ क्वीन्टलसम्म मह उत्पादन गर्ने गरेको बताउनुभयो । जसमा खुद आम्दानी वार्षिक पाँच लाखसम्म हुने गरेको छ । उहाँले मेलिफेरा जातको मौरी पालन गर्दै आउनुभएको छ । ५० घार मौरी पालन गर्ने गरेको शर्माको भनाइ छ । उत्पादन गरेको मह दाङसहित विभिन्नि जिल्लामा निर्यातसमेत हुने गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.