सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शारदा नदीमा अवैध रूपमा बालुवा उत्खनन गरेको आरोपमा दुई चालक पक्राउ


  •    न्युजभित्तो/१२ मंसिर २०८२, बिहीबार ११:३६ 
  • ‎‎सल्यान, ११ मंसिर । सल्यानको शारदा नदीमा अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले दुई वटा हेभी इक्युपमेन्ट (जेसिबी र स्काभेटर) सहित चालकलाई नियन्त्रणमा लिएको छ।

    ‎‎शारदा नगरपालिका–१ रेशम ज्युलास्थित शारदा नदीमा अवैध रूपमा बालुवा निकालिरहेको रा १ क १३६७ नम्बरको जेसिबी र त्यसका चालक २८ वर्षीय सेतीलाल डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । डाँगी शारदा नगरपालिका–१५ का बासिन्दा हुन् । ‎

    जिल्लाकै सिद्धकुमाख गाउँपालिका–१ मोख्लास्थित शारदा नदीमै अवैध उत्खनन गरिरहेको बा १ क ५४३२ नम्बरको स्काभेटर र चालक २३ वर्षीय ललित खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ। खड्का सिद्धकुमाख–४ चाँदेका बासिन्दा हुन्।

    ‎‎नदीजन्य पदार्थको अवैध दोहन रोक्ने क्रममा दुवै सवारी साधन र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.