सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ‘मेरो देश, मेरो जिम्मेवारी’ अभियान सुरु गर्यो


  •    न्युजभित्तो/११ मंसिर २०८२, बुधबार १४:२१ 
  • विराटनगर, १० मंसिर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले ‘मेरो देश, मेरो जिम्मेवारी’ नाराका साथ देशव्यापी शुचिता–जागरण अभियान २०८२ सुरु गरेको छ। विराटनगरमा आयोजित पत्रकार सम्मेलन मार्फत् परिषद्ले देशभरका युवा र विद्यार्थीलाई सकारात्मक सोच, अनुशासन, इमानदारी र नागरिक जिम्मेवारीतर्फ उन्मुख गराउने उद्देश्यसहित अभियान प्रारम्भ गरेको घोषणा गरेको हो ।

    परिषद्ले सामाजिक नकारात्मकतालाई अन्त्य गर्न र सकारात्मक मूल्य–मान्यतालाई पुनःस्थापना गर्दै जिम्मेवार नागरिक निर्माण गर्ने अभियानको ध्येय रहेको छ ।

    अभियान अन्तर्गत देशभरका क्याम्पस र समुदायमा ‘राष्ट्रका लागि सङ्कल्प’ कार्यक्रम, साहित्यिक–सांस्कृतिक गतिविधि, पोस्टर र सूचना–सामग्री वितरण तथा ‘नागरिक गोष्ठी’ आयोजना गरिने अभियानका संयोजक दिनेश कार्कीले जानकारी दिए । उनीहरूका अनुसार परिषद्ले युवाबीच नागरिक कर्तव्य र राष्ट्रप्रेमबारे स्पष्ट धारणासहित व्यवहारिक रूपान्तरणतर्फ प्रेरित गर्ने लक्ष्य राखेको छ । संयोजक कार्कीले भने, “देश परिवर्तनको आधार जिम्मेवार नागरिक निर्माण हो । युवा पुस्ताको सकारात्मक चेतना र अनुशासनबोधलाई सुदृढ बनाउँदै जाँदा मात्र राष्ट्र बलियो बन्छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.