सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मालपोत चोकमा बुलेट–मोटरसाइकल दुर्घटना, १८ वर्षीया युवतीको मृत्यु


  •    न्युजभित्तो/१० मंसिर २०८२, मंगलवार ११:०३ 
  • चितवन, ९ मङ्सिर । भारतीय ग्यास बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका वडा नम्बर ३ की १८ बर्षिया राईना श्रेष्ठ रहेकी छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार काठमाडौंबाट वीरगञ्ज तर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको खाली ग्याँस बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकलमा पछाडी सवार श्रेष्ठको मृत्यु भएको हो । आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर १० मालपोत चोकमा बुलेटले मोटरसाईकललाई ठक्कर दिएको थियो ।

    ठक्करबाट घाईते श्रेष्ठको उपचारका क्रममा कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालमा मृत्यु भएको हो । ठक्करबाट मोटरसाईकल चालक मृतकका बुबा ५२ बर्षिय राजकुमार श्रेष्ठ घाईते हुनुभएको छ । उहाँको सोही अस्पतालमा उपचार भईरहेको र अवस्था खतरा मुक्त रहेको उहाँले जानकारी दिनुभयो । मोटरसाईकललाई ठक्कर दिने बुलेट र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.