सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानलाई बाली जोगाउने चिन्ता


  •    न्युजभित्तो/९ मंसिर २०८२, सोमबार १४:०१ 
  • देवदह (रुपन्देही), ८ मङ्सिर । हरेक वर्षझैँ यस वर्ष पनि किसानको उस्तै पीडा, चिन्ता र सङ्घर्ष छ । गहुँको बीउ छर्न मल अभावले किसान चिन्तित छन् । अर्कोतर्फ बेमौसमी वर्षाका कारण पानीमा डुबेर नष्ट भएको धानबाली निकाल्नै कठिन छ । कृषि पेसामा आत्मनिर्भर बन्ने सपना बोकेका किसानको दैनिकी भागदौड, चिन्ता र निराशाले भरिएको छ ।

    अहिले धानबाली भित्र्याउने बेला हिउँदे बाली लगाउन किसान चटारोमा छन् । कोही मल नपाएर बीउ खेतमा छर्न सकिरहेका छैनन् भने कोही धानबाली नै निकाल्न नसकेर चिन्तित छन् । कृषि कर्मको प्राण नै मल–बीउ भएको ठान्ने किसानका लागि यतिबेला सबैभन्दा ठूलो चुनौती मल–बीउ नै भइरहेको छ ।

    रुपन्देहीको मर्चवारी गाउँपालिका–२ का सुमेर यादव यतिबेला गहुँ र दलहनको खेती तयारीमै व्यस्त हुनुहुन्छ । तर, मल–बीउ ल्याउन नपाए खेतीपाती नै अधुरो हुने उहाँलाई चिन्ता छ । यादव भन्नुहुन्छ, “सरकारले समयमा पर्याप्त मल–बीउ उपलब्ध गराउन सकेको छैन । मलका लागि छिमेकी मुलुक भारतकै भर पर्नुपर्छ । कहिले मल सहजै ल्याउन पाइन्छ । तर, बेलाबखत सुरक्षाकर्मीको गाली खानुपर्छ । किसान भएकै कारण हामीलाई धेरै पीडा सहनुपरेको छ ।”

    कोटहीमाई गाउँपालिका–७ का दिनेश लोधको समस्या पनि उस्तै छ । सहकारी संस्थामा मल आएको खबर सुन्नासाथ बिहान सबेरै दौडनु, लाइनमा बस्नु र नपाए फर्केर फेरि भारतीय बजार धाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

    “सहकारीमा बिहानै लाइन बसिएन भने मल पाइँदैन । त्यहाँ नपाए सीमावर्ती भारतीय बजार धाउनुपर्छ”, उहाँले भन्नुभयो, “मल बिना खेती गर्न सकिन्न ।”

    सम्मरीमाई गाउँपालिका–७ का साहुल हरिजनको पीडा भने भिन्न छ । बेमौसमी वर्षाले डुबानमा परेको खेतबाट धानबाली निकाल्न चुनौती रहेको उहाँ बताउनुहुन्छ । हरिजनका अनुसार पानीको उचित निकास नहुँदा धेरैजसो धानबाली खेतमै नष्ट भइसकेको छ । बचेका बोट–बिरुवा उठाएर सुकाउने काममै उहाँ व्यस्त हुनुहुन्छ ।

    “हाम्रो खेतमा बर्सेनि पानी जमेर बाली नष्ट हुन्छ । कुलो–नाला व्यवस्था भए हामी जोगिन सक्थ्यौँ । किसानको पीडा बुझ्ने समय कहिले आउँला रु” उहाँले प्रश्न गर्नुभयो । यी समस्या केवल रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको मात्र होइनन्, तराई–मधेसका किसान बर्सेनि मल–बीउको अभाव, उचित बजार मूल्य नपाउनु, मल पाउन सास्ती र बेमौसमी वर्षाबाट धानबालीमा क्षतिलगायतका समस्या झेलिरहेका छन् ।

    खेतमा पसिनै बगाएर आफ्नो र परिवारको गुजारा चलाउने आफूहरुको पीडा कसैले गम्भीर रूपमा नलिएसम्म कृषिबाट समृद्धिको सपना केवल कागजमै सीमित हुने किसान बताउँछन् । कोटहीमाई गाउँपालिकामा रहेका १८ सहकारीमार्फत मल वितरण भइरहे पनि किसानले आफ्नो आवश्यकताअनुसार भने पाउन सकेका छैनन् ।

    रुपन्देहीमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रादेशिक कार्यालय भैरहवामार्फत मल वितरण भइरहेका छ । तर मागअनुसार र समयमा मल नपाउँदा किसान मर्कामा पर्दै आएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.