सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पायक पर्ने स्थानमै आँखाजाँच शिविर आयोजना गर्दा…


  •    न्युजभित्तो/९ मंसिर २०८२, सोमबार ११:२४ 
  • तुलसीपुर (दाङ),८ मङ्सिर । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीकी ५३ वर्षीया रस्मिता दाहालले यसअघि आँखा जाँच गर्नुभएको थिएन । तर, अहिले गाउँमै शिविर आएपछि जाँच गर्दा दाँया आँखामा मासु पलाएको रहेछ ।

    स्वास्थ्यकर्मीले उहाँलाई तत्काल शल्यक्रिया गर्ने सुझाव दिए । “पहिले कहिल्यै जाँच गरेकी थिइन”,उहाँले भन्नुभयो“अहिले जाँच गर्दा आँखामा मासु पलाएको रहेछ, शल्यक्रिया गर्ने भन्नुभएको छ ।”

    त्यस्तै तुलसीपुर १२ कै ८२ वर्षीय चेतनाथ पोख्रेलको पनि आँखा परीक्षण गर्दा मोतिविन्दु देखियो । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित राप्ती आँखा अस्पतालले एनएबिपी नर्वेको आर्थिक एवं प्राविधिक सहयोग आयोजित निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको थियो ।

    तुलसीपुर उपमहानगरपालिका–१२ द्वारा संयोजित सो निःशुल्क आँखा जाँच कार्यक्रम ८२ वर्षीय पोख्रेलले पनि आँखा परीक्षण गराउनुभएको थियो । आँखा जाँच गरेपछि उहाँले अब प्रत्येक ६÷६ महिनामा आँखा अस्पताल गएर जाँच गराउने स्वास्थ्यकर्मीले सुझाव दिएको बताउनुभयो ।“पहिले पनि आँखामा औषधि त हाल्थेँ, आँखा चिलाउथ्यो, आँशु आउथ्यो”,उहाँले भन्नुभयो “तर, अहिले मोतिविन्दु नै भइसके छ ।”

    आइतबार तुलसीपुर १२ हरिपौरीस्थित वडा कार्यालयमा भएको शिविरमा उहाँहरु जस्तै २४७ जनाले निःशुल्क आँखा जाँच गराउनुभएको थियो ।

    यो कार्यक्रमले वडावासीलाई गाउँमै सेवा प्रदान गन सहज भएको वडाध्यक्ष खुसीराम चौधरीले बताउनुभयो । उहाँका अनुसार अझै पनि आँखाको रोग पालेर गाउँ–गाउँमा बसिरहेकाले समस्या पहिचान गरी उपचार गर्नका लागि भूमिका खेल्न यो शिविर सञ्चालन गरिएको हो ।

    शिविरबाट ४० जनामा मोतिविन्दु देखिएको थियो । उनीहरुलाई निःशुल्क उपचार गरिनेछ भने त्यो बाहेक अन्य शल्यक्रिया गर्नुपर्ने भएमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.