सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१२औँ अन्तरराष्ट्रिय फिजियोथेरापी सम्मेलन सम्पन्न


  •    न्युजभित्तो/८ मंसिर २०८२, आईतवार १७:५८ 
  • काठमाडौँ, ७ मङ्सिर । नेपाल फिजियोथेरापी सङ्घ (नेप्टा) द्वारा आयोजित १२औँ अन्तरराष्ट्रिय फिजियोथेरापी सम्मेलन २०२५ सम्पन्न भएको छ ।

    यही नोभेम्बर २१ र २२ तारिख (मङ्सिर ५ र ६ गते) सम्म काठमाडौँमा दुईदिनसम्म आयोजित उक्त सम्मेलन नेपालमा आयोजित सबैभन्दा ठूलो अन्तरराष्ट्रिय फिजियोथेरापी कार्यक्रम रहेको आयोजकले जनाएको छ । सम्मेलनमा ४५० भन्दा बढी फिजियोथेरापिस्ट, पुनःस्थापना व्यवसायी, चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो ।

    सङ्घका अध्यक्ष समिद कतिला श्रेष्ठले सम्मेलनको मुख्य उद्देश्य नसर्ने रोगको रोकथाम, नियन्त्रण, जनचेतना र पुनःस्थापनामा विभिन्न स्वास्थ्यसम्बन्धी सरोकार भएकाहरूबीच समन्वय र सहकार्य गर्नु रहेको बताउनुभयो । उहाँले सम्मेलनमा स्ट्रोक तथा न्यूरोलोजिकल समस्या, कम्मर दुखाइ÷अर्थोपेडिक समस्या, मुटुसम्बन्धी रोगहरू, क्यान्सर रोगीको पुनःस्थापनालगायत नसर्ने रोगहरूसम्बन्धी कार्यशाला, समूहगत छलफल र वैज्ञानिक प्रस्तुतीकरण गरिएको जानकारी गराउनुभयो । 

    सम्मेलनमा नेपालका प्रतिनिधिहरूसँगै विभिन्न सात देशबाट अन्तरराष्ट्रिय सहभागिता रहेको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.