सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लोप भए पानीघट्ट


  •    न्युजभित्तो/६ मंसिर २०८२, शुक्रबार १३:४३ 
  • ढोरपाटन (बागलुङ), ५ मङ्सिर । एक दशक अगाडिसम्म निसीखोलाका दर्जनौँ स्थानमा पानीघट्ट थिए । त्यही घट्टमा यहाँका हजारौँ नागरिकले गहुँ, मकै, फाफर, कोदोलगायत पिसानी गरेर उपभोग गर्थे । तर अहिले कुनै पनि स्थानमा पानीघट्ट भेटिँदैनन् । गाउँगाउँमा विद्युतीकरण भएपछि पछिल्लो समय टोलै पच्छिे विद्युतीय मिल बनेका छन् । ग्रामीण जनजीवनसँग जोडिएको पानीघट्ट मिलले विस्थापित बनेका छन् । 

    कतिपयले पानीघट्ट चलाएरै जीविकोपार्जनसमेत गर्दै आएका थिए । पानीघट्ट सङ्कटमा परेपछि उनीहरुले पेसा नै बदल्नु परेको छ । निसीखोला गाउँपालिका–३ का नबहादुर मगरले करिब १२ वर्ष दुई पानीघट्ट सञ्चालन गरेर परिवार पालेको सुनाउँदै चार वर्षदेखि अरू पेसा गर्न थालेको बताउनुभयो । गाउँमा विद्युतीय मिल नहुँदा दिनमै एक मुरीसम्म मकै, गहुँ र कोदो आम्दानी गरेको भन्दै अहिले आफ्नो गाउँमा मात्रै तीनवटा बिजुलीबाट चल्ने मिल रहेको मगरले बताउनुभयो । 

    विद्युतीय मिलमा भन्दा पानीघट्टमा पिसेको पीठो स्वादिष्ट हुने गरेको मगरले बताउनुभयो । पानीघट्ट चल्दा खोलको पानी सदुपयोग भए पनि अहिले यतिकै खेर गइरहेको उहाँको भनाइ छ । एक दशक अगाडिसम्म निसीखोलामा मात्रै झन्डै ५० वटा बढी पानीघट्ट चल्ने गरेको भन्दै अहिले दुई÷चार ठाउँमा मात्रै रहेको मगरले बताउनुभयो । ती पनि सञ्चालन नहुँदा जीर्ण बनेको उहाँ बताउनुहुन्छ ।

    मगरले भन्नुभयो, “गाउँमा बिजुली आएको धेरै वर्ष भएको छैन, बिजुली नहुँद पानीघट्ट र पानीमिल मात्रै चल्थे, पानी मिल बनाउन धेरै खर्च लाग्ने हुँदा एक÷दुई ठाउँमा मात्रै हुन्थे, तर पानीघट्ट ठाउँ–ठाउँमा हुन्थे, मानिसले केही पिस्न परे घट्टमै जाने गर्थे, तर अहिले त टोलटोलमा नै मिल चल्ने भएपछि पानी घट्टको महत्व हरायो, घट्ट चल्ने बेला मैले महिनामै बीसौँ हजारको आम्दानी गर्थे ।”

    बागलुङका अधिकांश स–साना खोला किनारमा सानो टहरोमा पानीघट्ट बनाइन्यो । तर अहिले त्यो अवस्था छैन । बजारी क्षेत्रभन्दा ग्रामीण भेगमा बढी प्रचलित पानीघट्ट आधुनिक प्रविधिको विकासले लोप भएको गलकोट नगरपालिका–८ थमबहादुर खत्री बताउनुभयो । पहिले गलकोट क्षेत्रमा दर्जनौँ पानीघट्ट सञ्चालन हुने गरेको भन्दै अहिले कहीँकतै देख्न नपाइने बताउनुभयो । मिलमा भन्दा पानीघट्टमा पिसेको पीठो स्वादिष्ट हुने र महिनौँसम्म पनि ढुसी नलाग्ने उहाँको भनाइ छ । उहाँले मिलमा पिसेको पीठो एक महिनामै बिग्रिने गरेको बताउनुभयो ।

    “गाउँघरमा पीठो बिस्ने कि जाँतोमै हो कि त पानीघट्टमै हो, हामी सानो हुँदा एक डेढ घण्टा लगाएर घट्टमा सातु र पीठो पिस्न जाने गथ्र्यौं, घट्टमा पालो कुरेर बस्नेको लाइन हुन्थ्यो, अहिले त एउटा गाउँमा धेरै बिजुलीबाट चल्ने मिल बनाएका छन्,” खत्रीले भन्नुभयो, “छिटो पनि हुँदोरैछ, कुटानी–पिसानी दुवै काम हुनेहुँदा पानीघट्टको प्रयोग गर्न छाडिएको छ, अब त त्यो जमाना फेरि आउँदैन होला, मिलहरु पनि आधुनिक किसिमका आउन थाले ।”

    हरेक गाउँमा मिल सञ्चालनमा आएपछि घट्ट प्रयोगविहीन बनेका छन् । प्रयोगविहीन बनेको घट्ट जीर्ण बनेका छन् भने त्यसका पार्टपुर्जा पनि कामै नलाग्ने गरी बिग्रिएको अवस्थामा छन् । गाउँमा मिलको चलन आउनुभन्दा पहिले खोला किनारमा पानीघट्ट सञ्चालन गरी केही स्थानीयले आफ्नो जीविकोपार्जन समेत त्यहीबाट गर्दै आएका थिए । तर मिलले घट्ट विस्थापित गरी दिएपछि पानीघट्ट सञ्चालकले पेसा परिवर्तन गर्नु परेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.