सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको २१० किलोमिटर सडकमा ‘स्मार्ट बत्ती’


  •    न्युजभित्तो/६ मंसिर २०८२, शुक्रबार ११:३२ 
  • चितवन, ५ मङ्सिर । भरतपुर महानगरपालिका क्षेत्रको २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान गरिएको छ । दुई चरणमा गरेर मुख्य चोकमा १६ वटा ‘हाइमास्ट’ र ७५ वटा ‘मिनमास्ट’ बत्ती जडान गरिएको महानगरले जनाएको छ ।

    महानगरपालिकाले ‘उज्यालो सहर भरतपुर’ अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा राजमार्ग र भित्री सडकमा छ हजार बत्ती जडान गरिएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्ग, सहायक राजमार्ग, पहुँच (लिङ्क) सडक, वडा सिमाना सडक, रणनीतिक महत्त्व र चहलपहल बढी हुने सडकमा बत्ती जडान गरिएको हो । दुई चरणमा गरेर रु ३५ करोडको लागतमा बत्ती जडान गरिएका हुन् । 

    आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षाको अनुभूति दिलाउन ‘उज्यालो सहर भरतपुर’ अभियान सञ्चालन भइरहेको महानगर प्रमुख दाहालले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.