सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्व बाल दिवसः खेलकुदमार्फत बालअधिकार र लैङ्गिक समानताको सन्देश


  •    न्युजभित्तो/५ मंसिर २०८२, बिहीबार १७:०४ 
  • काठमाडौँ, ४ मङ्सिर । आज २० नोभेम्बर अर्थात् विश्व बाल दिवस । युनिसेफले नेपाल क्रिकेट सङ्घ (क्यान) र अष्ट्रेलियाली दूतावाससँगको साझेदारीमा आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा विशेष कार्यक्रममार्फत विश्व बाल दिवस मनाएको छ । बालअधिकार, लैङ्गिक समानता र खेलकुदले समाजमा सकारात्मक परिवर्तन ल्याउनसक्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यो दिवस मनाइएको हो ।

    यस वर्ष, युनिसेफ नेपालले क्यान र अष्ट्रेलियाली दूतावाससँगको साझेदारीमा ‘लेभलिङ द प्लेइङ फिल्ड’ नामक संयुक्त पहलमार्फत दिवस मनाएको हो । कार्यक्रमले क्रिकेटको लोकप्रियतासहित मुलुकभरका बालबालिकाका लागि समान अवसर प्रवर्द्धन गर्ने, किशोरी विद्यालयमा टिकाइ राख्ने, किशोरीलाई आवश्यक सेवासुविधामा पहुँच पु¥याउने, आफ्नो समुदायमा पूर्ण रूपमा सहभागिता जनाउन सक्ने बनाउनेलगायत उद्देश्य लिएको छ ।

    कार्यक्रममा ३०० भन्दा बढी बालबालिकाको सहभागिता रहेको छ । जहाँ बालबालिकाले नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीसँत मैत्रीपूर्ण क्रिकेट खेल पनि खेलेका छन् ।

    युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सो अवसरमा उपस्थित भएका सम्पूर्णलाई धन्यवाद दिँदै भन्नुभयो, “तपाईंहरूले हाम्रो देशप्रति देखाउनुभएको प्रेम र युवालाई संलग्न गराउने, सशक्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्नुभएकामा हामी आभारी छौँ ।”

    अष्ट्रेलियाली राजदूत लियान जोन्स्टनले किशोरीको शिक्षा, सीप र आत्मविश्वासमा केन्द्रित हुनु भनेको नेपालको भविष्यमा लगानी गर्नु भएको बताउँदै सशक्त बालिकाले सबल समुदाय तथा समृद्ध परिवार र समाज निर्माण गर्नसक्ने क्षमता राख्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भन्नुभयो, “क्यानमा हामी सधैँ विश्वास गर्छौँ कि क्रिकेट केवल खेल मात्र होइन । यो आत्मविश्वास, अनुशासन र नेतृत्वको गुण विकास गर्ने एउटा मञ्च हो, जसले सक्षम र जिम्मेवार युवा नागरिक तयार पार्छ ।”

    युनिसेफकी नेपाल प्रतिनिधि एलिस अकुङ्गाले नेपाल सरकार, नेपाल क्रिकेट सङ्घ, अष्ट्रेलियाली दूतावास, शिक्षकशिक्षिकालगायत आमसमुदायले बालबालिका र युवाको अधिकार प्रवर्द्धन तथा समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा गरेको प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

    विश्व बाल दिवसको अवसरमा युनिसेफले ‘युरिपोर्ट पोल’ पनि सुरु गरेको छ । उक्त पोलले बालबालिका र युवालाई बालअधिकारबारे आफ्ना विचार व्यक्त गर्न, समस्या समाधान प्रक्रियामा सहभागी हुन आग्रह गर्दछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.