सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपति रनिङ शिल्ड: तनहुँका सात पालिकामा सम्पन्न, तीनमा जारी


  •    न्युजभित्तो/५ मंसिर २०८२, बिहीबार १२:५१ 
  • दमौली (तनहुँ), ४ मङ्सिर । विद्यालयस्तरदेखि नै विद्यार्थीमा खेलकुदप्रति रुचि बढाउने उद्देश्यसहित तनहुँका पालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना भइरहेका छन् । पालिकास्तरमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएपछि जिल्ला खेलकुद विकास समितिले जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्ने तयारी गरेको हो । 

    दश पालिकामध्ये तनहुँका सात पालिकामा प्रतियोगिता सम्पन्न भएका छन् । तीनवटा पालिकामा प्रतियोगिता जारी छन् । भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिकामा प्रतियोगिता सम्पन्न भएका छन् । व्यास नगरपालिकामा बुधबार मात्रै प्रतियोगिता सम्पन्न भएको छ । 

    ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र देवघाट गाउँपालिकामा भने प्रतियोगिता जारी छ । 

    व्यासको उपाधि सत्यवतीलाई

    यहाँको व्यास नगरपालिकाले आयोजना गरेको सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयले जितेको छ । प्रतियोगितामा कुल १६ पदक जित्दै सत्यवती माविले उपाधि जितेको हो । 

    सत्यवती माविले सात स्वर्ण, छ रजत र तीन कास्य पदक जितेको नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरुङले जानकारी दिनुभयो । 

    प्रतियोगितामा व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालय द्वितीय भएको छ । आदिकविले छ स्वर्ण, तीन रजत प्राप्त गरेको छ । 

    व्यास नगरपालिका–६ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालय १५ पदकसहित तृतीय भएको छ । महेन्द्रज्योतिले पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य पदक जितेको छ । 

    बाराही आवासीय माध्यमिक विद्यालय दश पदकसहित चौथो भएको छ । बाराहीले तीन स्वर्ण, चार रजत र तीन कास्य पदक जितेको छ । जनजुक्त शाही मावि पाँच पदकसहित पाँचौँ भएको छ । जनजुक्तले दुई स्वर्ण र तीन रजत पदक जितेको छ ।

    निर्मल मावि छ पदकसहित छैटौँ भएको छ । निर्मलले दुई स्वर्ण, दुई रजत र दुई कास्य पदक जितेको छ । ग्रिनस्टार बोर्डिङ स्कुल तीन पदकसहित सातौँ भएको छ । ग्रिनस्टारले दुई स्वर्ण र एक रजत पदक जितेको छ । 

    प्रतियोगितामा नगरपालिकाभित्रका ३३ विद्यालयको सहभागिता रहेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.