सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीयको सहयोगमा वडा कार्यालय पुनःसञ्चालन


  •    न्युजभित्तो/५ मंसिर २०८२, बिहीबार १२:०७ 
  • गण्डकी, ४ मङ्सिर । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त पोखरा महानगरपालिका–१७ को वडा कार्यालय स्थानीयको सहयोगमा सञ्चालनमा आएको छ ।

    जनप्रतिनिधिले सहयोगका लागि आह्वान गरेपछि वडाका विभिन्न सङ्घसंस्था र व्यक्तिबाट कार्यालय सञ्चालनका लागि अत्यावश्यक सामग्री उपलव्ध गराइएको थियो ।

    वडाध्यक्ष राधिका शाहीका अनुसार कार्यालय सञ्चालनका लागि कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, सिसी क्यामेरा, खानेपानी एवं आवश्यक फर्निचर स्थानीयले प्रदान गरेका छन् ।

    पोखरा–१७ आँखा अस्पताल चोक निवासी गोमादेवी श्रेष्ठले खानेपानीको डिस्पेन्सर, जार र गिलास बोकेर वडा कार्यालयमा आउनुभएको जानकारी दिँदै वडाध्यक्ष शाहीले त्यसपछि ४६ सङ्घसंस्था र व्यक्तिबाट सहयोग प्राप्त भएको बताउनुुभयो ।

    “बिरौटामा रहेको वडा कार्यालय जीर्ण र साँघुरो भएपछि सेवा प्रवाहमा समस्या थियो ड्यामसाइडको पाँच रोपनीमा रु चार करोड ५८ लाख २६ हजारमा निर्माण गरिएको भवनबाट भदौ १५ गतेदेखि सेवा सञ्चालन भएको थियो २४ गतेको आन्दोलनमा खरानी भयो”, राज्यको सम्पत्ति नोक्सान भएकामा दुःख व्यक्त गर्दै उहाँले भन्नुभयो ।
    जेनजी आन्दोलनमा पोखरा महानगरपालिका कार्यालयसहित २६ वडा कार्यालयमा आगजनी भएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.