सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खरिद कोटा कम हुँदा किसानलाई खाद्यमा धान बेच्न समस्या


  •    न्युजभित्तो/४ मंसिर २०८२, बुधबार १४:०५ 
  • दोधारा चाँदनी (कञ्चनपुर), ३ मङ्सिर । सरकारले तोकेको न्यून कोटाका कारण किसानहरूले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई धान बिक्री गर्न पाएका छैनन् । कम्पनीले महेन्द्रनगरमा पाँच हजार क्विन्टल मात्रै धान खरिदको कोटा पाएको छ । उक्त कोटा पूरा भएपछि खाद्यले किसानको धान खरिद गर्न बन्द गरेपछि समस्यामा परेका हुन् ।

    कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका हेमराज खड्काले धान बिक्रीका लागि व्यापार कम्पनी महेन्द्रनगरमा तीन पटक धाए पनि बिक्री गर्न नसकेको बताउनुभयो । “सुरुमा मङ्सिर ३ गतेसम्मको टोकन बाडिसक्यो पछि आउनु भनियो । आज खाद्यले खरिद कोटा पूरा भइसक्यो भनेर टोकन दिइएन”, उहाँले भन्नुभयो, “खाद्यमा बिक्री गर्न पाए राम्रो मूल्य पाइन्छ, बाहिर व्यापारीलाई सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ ।” 

    उहाँजस्तै धान बिक्रीका लागि टोकन माग्दै किसानहरू दिनहुँ खाद्य कम्पनीको कार्यालयमा पुगिरहेका छन् । “खाद्यले धान खरिद नगर्ने बाहिर व्यापारीले किसानलाई मूल्य नदिने, हामी जहिल्यै मार्कामा पर्छौँ”, किसान विष्णु पन्तले भन्नुभयो, “धान बिक्री गर्न नपाउँदा घरमा भण्डार गरेर राख्नसमेत समस्या भएको छ ।” 

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजसम्म ९मङ्सिर ३ गते० का लागि एक साताअघि नै टोकन वितरण गरिसकिएको जनाएको छ । कम्पनीका प्रमुख महिकिरण महराले पाँच हजार क्विन्टल मात्रै धान खरिदको कोटा पाएकाले सोभन्दा बढी खरिद गर्न नसकिएको बताउनुभयो । “विगतका वर्षहरूमा १५ हजार क्विन्टल धान खरिद गर्ने कोटा थियो, कम किसान आए”, उहाँले भन्नुभयो, “यस पटक कोटा कम छ । कोटा नबढेसम्म धान खरिद गर्न सकिँदैन ।” 

    उहाँका अनुसार हालसम्म २१४ किसानले धान बिक्रीका लागि नाम टिपाएका छन् । “गत वर्ष कोटाअनुसार धान खरिद नभएपछि हामीले बाहिरबाट चामल खरिद गर्नुप¥यो, उक्त चामल महँगो भएकाले अहिलेसम्म बिक्री हुन सकेको छैन”, प्रमुख महराले भन्नुभयो । 

    खाद्यले बजारको तुलनामा राम्रो मूल्य दिइरहेकाले किसानहरू यहाँ धान बिक्री गर्न आकर्षित भएका हुन् । अहिले बजारमा व्यापारीले प्रतिक्विन्टल रु दुई हजार ४००–दुई हजार ५०० सम्ममा धान खरिद गरिरहेका छन् । खाद्यले प्रतिक्विन्टल मोटो रु तीन हजार ४६३ र मध्यम रु तीन हजार ६८८ मा खरिद गरिरहेको छ ।

    गत वर्ष खाद्यले महेन्द्रनगरमा १५ हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो । त्यतिबेला रु तीन हजार ३०० क्विन्टल मात्रै खरिद भएकाले यसपटक कोटा घटाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.