सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अर्जुनधाराका किसानलाई मकै रोप्ने मेसिन वितरण


  •    न्युजभित्तो/३ मंसिर २०८२, मंगलवार १५:०२ 
  • सुरुङ्गा (झापा), २ मङ्सिर । अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनाबारी साना किसान कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्य किसानलाई मकै रोप्ने मेसिन वितरण गरेको छ ।

    संस्थाका अध्यक्ष कृष्णप्रसाद दङ्गालको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका प्रमुख बलदेव सिंह गोम्देनको प्रमुख आतिथ्यमा मेसिन हस्तान्तरण गरिएको हो । नगर प्रमुख गोम्देनले संस्थाका ज्येष्ठ सदस्य गोपिकृष्ण पराजुली र अन्तर समूह–३ (घ) की अध्यक्ष उर्मिला खतिवडालाई मेसिन वितरण गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

    अध्यक्ष दङ्गालका अनुसार सहकारीको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत एक समूह–एक मकै रोप्ने मेसिन वितरण गरिएको हो ।  सहकारीमा आबद्ध २३४७ शेयर सदस्यलाई ४४४ थान मकै रोप्ने मेसिन वितरण गरिएको छ ।

    त्यसैगरी अन्तर समूह–४ भाङ्गबारीलाई ४२ थान हलो वितरण गर्ने तयारी गरिएको छ । “किसानले अथक मेहनत गरिरहे पनि भरपर्दो उपकरणको अभावले उत्पादनमा अपेक्षित वृद्धि हुन सकिरहेको छैन,” अध्यक्ष दङ्गालले भन्नुभयो, “यी उपकरणले श्रम गर्न सजिलो बनाउनाका साथै उत्पादन वृद्धिमा टेवा पु¥याउने हाम्रो अपेक्षा छ ।”

    सहकारीले वितरण गरेको कृषि सामग्री संस्था र शेयर सदस्यको ५०–५० प्रतिशत साझेदारीमा उपलब्ध गराइएको हो । किसानमैत्री कार्यक्रमलाई प्रवर्द्धन गर्न सहकारीको पहल महत्त्वपूर्ण रहेको उल्लेख गर्दै नगर प्रमुख गोम्देनले नगरपालिकाले पनि किसानमुखी कार्यक्रम सहकारीसँगको साझेदारीमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

    संस्थाले अर्जुनधारा नगरपालिकाअन्तर्गत वडा नं १, २, ३, ४, ५ र ७ लाई कार्यक्षेत्र बनाउँदै बर्सेनि समूहगत सहकार्यमा मल, बीउ तथा कृषि औजार वितरण गर्दै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता
    जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै
    बिमाका लागि पशुको नामसारी अनिवार्य
    • पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव
    • तनहुँमा दूध उत्पादनमा वृद्धि
    • सन्दर्भः विश्व माटो दिवस: बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान
    • प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.