सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखराबाट पशु क्वारेन्टाइन सेवा थालनी


  •    न्युजभित्तो/३ मंसिर २०८२, मंगलवार १०:५० 
  • कास्की, २ मङ्सिर । सङ्घीय सरकारले गण्डकी प्रदेशको राजधानी पोखरामा पशु क्वारेन्टाइन कार्यालय स्थापना गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले पोखरा महानगरपालिका–१५ स्थित लामापाटनमा कार्यालय स्थापना गरेको हो ।

    नेपाल सरकारले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी पशु क्वारेन्टाइन कार्यालय पोखरामा सञ्चालनमा ल्याएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा पशुपति ढुङ्गाना तथा पशु सेवा विभागका महानिर्देशक डा रामनन्दन तिवारीले संयुक्त रूपमा कार्यालयको उद्घाटन गर्नुभएको हो ।

    यस कार्यालयअन्तर्गत दुई स्थायी चेकपोष्ट निर्धारण गरिएको छ । एउटा चेकपोष्ट पोखरा अन्तरराष्ट्रिय विमानस्थल ९अन्तरराष्ट्रिय चेकपोष्ट० र अर्को चेकपोष्ट मुस्ताङको कोरला ९सीमा चेकपोष्ट०मा रहेको पशु क्वारेन्टाइन कार्यालय पोखरामा प्रमुख डा किरण पाण्डेले बताउनुभयो ।

    उहाँले कोरलानाकाबाट आयातनिर्यात निरन्तर रूपमा बढिरहेको र पोखरा अन्तरराष्ट्रिय विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालन हुन गइरहेको परिवेशमा कार्यालय स्थापना गरिएको हो । “गण्डकी प्रदेशमा पशुपन्छी, पशुपन्छीजन्य उत्पादन, पशुपन्छी उत्पादन सामग्रीमार्फत रोग भित्रिन नदिन, रोगको सम्भावित सङ्क्रमणलाई कम गर्न तथा रोगको प्रभावकारी नियमन गर्न कार्यालय खुलेको हो”, कार्यालय प्रमुख पाण्डेले भन्नुभयो ।

    पशु क्वारेन्टाइन कार्यालयमार्फत पशुपन्छीजन्य उत्पादनको राष्ट्रिय अन्तरराष्ट्रिय व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका रहने विश्वास गरिएको छ । कार्यालय शुभारम्भका अवसरमा पशु सेवा विभागका उपमहानिर्देशकद्वय डा सुलोचना श्रेष्ठ र डा प्रेरणा सेढाईँ भट्टराई, राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख डा जगदीश पाण्डे, पशुपन्छी अनुसन्धान, विकास तथा प्रशिक्षण केन्द्रका वरिष्ठ पशु विकास अधिकृत डा गृष्म न्यौपाने, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख शम्भुराज पाण्डे, पोखरा महानगरपालिका पशु सेवा शाखा प्रमुख डा पवन पाण्डेलगायतको सहभागिता थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.