सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि औजार मार्फत् आलु रोप्दै किसान


  •    न्युजभित्तो/२ मंसिर २०८२, सोमबार १०:२९ 
  • चितवन, १ मङ्सिर । यहाँका किसानले आलु खेतीका लागि नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन् । पूर्वी चितवनको खैरहनीमा किसानले भारतबाट आलु लगाउने औजार ल्याएर रोप्न थालेका छन् । विगत लामो समयदेखि आलुखेती गर्दै आउनुभएका खैरहनी नगरपालिका–१० का कृष्ण अर्याल भारतबाट उपकरण झिकाएर आलु रोपेको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो “खर्च कम आउने, पानी लगाउन सजिलो हुने र आकर्षक देखिने भएकाले यो औजार मगाएका हाँै ।” सुरुआतमा यसको प्रभावकारिता हेर्ने भनेर ल्याइएको भए पनि अहिले आलुखेती गर्ने किसानले यही राख्ने योजनामा रहेको उहाँले बताउनुभयो ।

    आलुको बीउ रोप्न र खन्न यसले सहज हुने गरेको उहाँले जानकारी दिनुभयो । किसान अर्यालले हरेक वर्ष पाँच बिघा क्षेत्रफलमा आलुखेती गर्दै आउनुभएको छ । उहाँका अनुसार मजदुर लगाउँदा एक कठ्ठामा रु एक हजार खर्च आउने गर्दथ्यो । अहिले यो औजारले एक बिघा ६ कठ्ठा (२६ कठ्ठा) रोप्नका लागि तीन घण्टा लागेको उहाँले सुनाउनुभयो ।

    सो क्षेत्रफलमा आलु रोप्दा तीन घण्टाको रु ६ हजार ६ सयमा आलु रोपिएको उहाँले जानकारी दिनुभयो । खैरहनीमानै आलुखेती गर्दै आउनुभएका किरण आचार्य, मधु उप्रेती, दिपेन्द्र आचार्य, सीताराम अर्याल, रत्ननगरमा आलु खेती गर्दै आउनुभएको मधुर नेपाल लगायतका किसानले प्रविधिको प्रयोग गरेर आलु रोपिसक्नुभएको छ ।

    किसान आर्यालले भन्नुभयो “उपकरण केही ढिला गरेर आउँदा सबै किसानले यसको प्रयोग गर्न पाएनन् । आगामी याममा सबैले यसको प्रयोग गर्ने छन् ।” यस उपकरणले चारवटा लाइनमा मल र बीउ एकै पटक खसाल्ने गरेको अर्का किसान सीतारमा अर्यालले जानकारी दिनुभयो ।

    यसले एक पटकमा चार क्वीन्टल बीउ र एक क्वीन्टल मल बोकेर रोप्ने गर्दछ । यसका लागि ४० देखि ५० ग्रामका एकनासे आलुका बीउ हुँदा रोप्न सजिलो हुने उहाँले बताउनुभयो । ठूला गरामा यसको प्रयोग गर्दा छिटो हुने गरेको किसानले बताएका छन् । यो औजारको प्रयोगले आलुखेती गर्ने किसानलाई सहज बनाएको छ ।

    अहिले आलु लगाउने मुख्य मौसमको रुपमा रहेको छ । केही समय अघि लगाएर उम्रने समयमा आएको बेमौसमी वर्षातका कारण यस क्षेत्रका किसानले क्षति व्यहोर्नु परेको छ । बेमौसमी वर्षात्का कारण यहाँ लगाइएको आलुको बीउ कुहिएको थियो । कृषि विकास कार्यालय चितवनका बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार जिल्लाको ९७ दशमलब ७ हेक्टर क्षेत्रफलमा लगाइएको आलुको बीउ कुहिएको छ ।

    एक हेक्टर क्षेत्रफलमा दुई हजार किलो आलुको बीउ प्रयोग हुने गर्दछ । उहाँले भन्नुभयो “आलुको बीउ कुहिएसँगै किसानले बीउ नपाउने र मूल्य नपाउनसक्ने जनाउँदै खेती परिवर्तन गर्न थालेका छन् ।” जिल्लामा एक हजार ९९० हेक्टर क्षेत्रफलमा आलुखेती गरिँदै आएको छ । अहिले वर्षातका कारण बीउ उम्रने समयमा कुहिएपछि केही क्षेत्रफल घट्न सक्ने कार्यालयले जनाएको छ ।

    किसानले उत्पादनपछि बजार मूल्य नपाउने हो की भन्ने डरले आलु लगाउने जग्गामा राजमा, सिमि जस्ता बाली लगाउन थालेको उहाँले जानकारी दिनुभयो । जिल्लामा विशेषगरी खैरहनी नगरपलिका, राप्ती नगरपालिका, रत्ननगर नगरपालिका, भरतपुर महानगरपालिका र माडी नगरपालिकामा आलुखेती हुने गरेको छ । प्रति किलो रु ६० मा किनेर लगाएको आलुको बीउ कुहिएपछि किसान चिन्तित बनेका छन् । पुनः लगाउनका लागि आलुको बीउ पाउनसमेत कठिन भएको छ । चौहानले भन्नुभयो “कतिपयले बीउ कुहिए पनि पुनः आलु खेतीनै गरेका छन् भने कतिपयले खेती परिवर्तन गरेका छन् ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.