सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन


  •    न्युजभित्तो/१ मंसिर २०८२, आईतवार १५:०० 
  • काठमाडौँ, ३० कात्तिक । जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि आयोजित ‘टोकियो सप्ताह’ सम्पन्न भएको छ ।
    गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सङ्घसंस्थाको सहकार्यमा जापानमा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ (नेपाल हाउस) निर्माणका लागि नोभेम्बर ८ देखि सुरु भएको टोकियो सप्ताह सम्पन्न भएको हो ।
    जापानको टोकियोस्थित शिन्ज्युकुमा आयोजित सप्ताहमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल र बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले कथा वाचन गर्नुभएको थियो । एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले जापानमा आठ दिनसम्म चलेको सप्ताहमा झण्डै रु ११ करोड नगद सङ्कलन भएको जानकारी दिनुभयो । हालसम्म रु १० करोड ५० लाख नगद सङ्कलन भइसकेको र बाकसमा दान गरेको भेटीलाई गन्ने काम भइरहेको उहाँको भनाइ छ ।
    जापानमा रहेका नेपालीबीचको एकता, भाइचारा र एक अर्का पुस्ताबीचको पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउनका लागि निर्माण गर्न लागिएको ‘नेपाल हाउस’ निर्माणका लागि आयोजित सप्ताहमा नेपालीहरुको उल्लेख्य सहभागिता रहेको अध्यक्ष लामिछानेले बताउनुभयो ।
    जापानमा बन्न लागेको नेपाल हाउसभित्र नेपालको संस्कृति झल्काउने घर, विभिन्न जातजातिको संस्कृति तथा वेषभूषा, पशुपतिनाथ, बौद्ध, स्वयम्भूलगायत मन्दिर, नेपालका परम्परागत कृषि औजारहरु, विवाह ब्रतबन्ध गर्न मिल्ने ठाउँहरु निर्माण हुनेछन् । आठ दिनसम्म सञ्चालन भएको सप्ताहमा जापानमा रहेका झण्डै २५ हजार नेपालीको सहभागिता रहेको अध्यक्ष लामिछानेले बताउनुभयो । एनआरएनए जापानका पूर्वअध्यक्ष नवीन निउरेले जापानमा एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र निर्माणका लागि टोकियोको चिवा केनमा यसअघि नै जमिन खरिद भइसकेको जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.