सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कञ्चनपुरको कृष्णपुरमा ‘कोल्डस्टोरेज’ निर्माण प्रक्रिया अगाडि बढाइँदै


  •    न्युजभित्तो/१ मंसिर २०८२, आईतवार १३:३७ 
  • कञ्चनपुर, ३० कात्तिक । कृष्णपुर नगरपालिकाका किसानलाई तरकारी तथा कृषिजन्य वस्तु भण्डारणमा सहजता प्रदान गर्ने उद्देश्यले ‘कोल्डस्टोरेज’ तथा प्याज भण्डारण शेड निर्माण प्रक्रिया अगाडि बढाइएको छ । 
    नगरपालिकाको वडा नं ५ मा निर्माण गर्न लागिएको भण्डारण संरचनाका लागि जग्गा पहिचान तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम सम्पन्न भएको नगर प्रमुख हेमराज ओझाले जानकारी दिनुभयो । तीन सय मेट्रिकटन क्षमताको आधुनिक प्याज भण्डारण शेड निर्माणले कृषकको क्षमता अभिवृद्धि, खाद्य सुरक्षा सुदृढीकरण तथा कृषि मूल्य शृङ्खला विस्तारमा महत्वपूर्ण योगदान गर्ने उहाँले उल्लेख गर्नुभयो । 
    “डिपिआर तयार गरिसकिएको छ, साथै प्रारम्भिक वातावरणीय परीक्षण (आइई) पनि पूरा भएको छ”, नगर प्रमुख ओझाले भन्नुभयो, “केही दिनमै बोलपत्र आह्वान गरेर ठेक्का प्रक्रिया अघि बढाउन लागेका छौँ ।” उहाँका अनुसार प्याज भण्डारण शेड निर्माणका लागि करिब रु छ करोड लागत अनुमान गरिएको छ । वातावरणीय अध्ययन प्रतिवेदन तयार पार्दा सो क्षेत्रको प्राकृतिक, सांस्कृतिक, भौतिक, जैविक, सामाजिक तथा आर्थिक प्रणालीमा पर्ने सम्भावित प्रभावबारे सरोकारवालासँग सुझाव सङ्कलन गरी प्रतिवेदन तयार गरिएको बताइएको छ ।
    कञ्चनपुरमा सञ्चालनमा रहेको कोल्डस्टोर बन्द हुँदा किसानले उत्पादन भएका तरकारी तथा फलफूल समयमै भण्डारण गर्न नसक्दा हरेक वर्ष ठूलो आर्थिक क्षति व्यहोर्दै आएका छन् । यसै समस्यालाई ध्यानमा राख्दै नगरपालिकाले भण्डारण सुविधा विस्तार गर्ने पहल अघि बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले बताउनुभयो ।
    व्यावसायिक तरकारीखेतीमा संलग्न किसान हरिराम डगौराले कोल्डस्टोरेज निर्माण प्रक्रिया अघि बढाइने भएकाले उत्साह बढेको बताउनुभयो । “अब उत्पादित तरकारी भण्डार गरेर राम्रो मूल्य आउने बेला बिक्री गर्न सकिनेछ”, उहाँले भन्नुभयो, “नगरपालिकाको यो कदमबाट किसानलाई प्रत्यक्ष राहत पुग्ने विश्वास छ ।”
    नगरपालिकाले कोल्डस्टोरेज निर्माणलाई दिगो रूपमा सञ्चालनमा ल्याउन सरोकारवालासँग निरन्तर समन्वय गर्दै जाने जनाएको छ । कृष्णपुर नगरपालिका जिल्लामै व्यावसायिक तरकारीखेती र केराखेतीमा अग्रणी रहेको छ । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.