सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अवकाशपछि अम्बाखेतीमा रमेका भट्टराई


  •    न्युजभित्तो/२९ कार्तिक २०८२, शुक्रबार १२:४४ 
  • चितवन, २८ कात्तिक । आफ्नो जीवनको महत्वपूर्ण समय कृषि विकास बैङ्कमा सेवा गरेर अवकाश पाएपछि भरतपुर महानगरपालिका–१२ का हिमप्रसाद भट्टराई अहिले अम्बाखेतीमा रमाउन थाल्नुभएको छ । 
    अध्ययनका क्रममा एमएसी हटिकल्चर फुड साइन्स (फलफूल विज्ञान) मा गर्नुभएका भट्टराई अहिले खैरहनी नगरपालिका–५ बुडौलीमा तीन बिगाहा जग्गा भाडामा लिएर अम्बाखेती गर्दै आउनुभएको छ ।
    वरिपरि कम्पाउन्ड गरेर रासायनिक मलको प्रयोग बिना नै व्यावसायिक रुपमा अम्बाखेती गर्दै आएको उहाँले बताउनुभयो । उहाँले अहिले दुई प्रजातिका अम्बा लगाउँदै आउनुभएको छ । पाँच जना नियमित रोजगारीसहित उहाँले व्यावसायिक रुपमा अम्बाखेती गर्दै आउनुभएको हो । विगत छ वर्षदेखि अम्बाखेती गर्दै आउनुभएका उहाँ उत्पादित अम्बाले बजार पाउन नसक्दा निकै चिन्तित हुनुहुन्छ ।
    उहाँले भन्नुभयो, “स्थानीय उत्पादन होभन्दा व्यावसायीहरुले विश्वास गर्नुहुन्न ।” नेपालमा भारत र चीनबाट अम्बा आउने गरेको बताउँदै उहाँले स्थानीय बारीको उत्पादनलाई समेत बजार दिन व्यवसायीलाई आग्रह गर्नुभयो । अहिले स्थानीय बजारमा अम्बा बिक्री गर्दै आएको भए पनि अब काठमाडौँ र पोखरासमेत पठाउने योजनामा रहेको उहाँले बताउनुभयो ।
    उहाँले गुनासो गर्नुभयो, “टिपेर बजारमा लैजाँदा यहीँको उत्पादन हो र भनेर जिस्काउने गर्दछन्, मलाई बाहिरको ल्याएर बेच्नुपर्ने जरुरी छैन ।” उहाँले थाइल्यान्ड र श्रीलङ्कन जातका अम्बा लगाएर उत्पादन गरी बजारमा लैजाने गर्नुभएको छ । बाह्र महिना नै उत्पादन हुने हुँदा यो व्यावसायिक रुपमा खेती गरेको उहाँले सुनाउनुभयो । अहिलेको ‘सिजन’मा मात्रै ५० टन हाराहारी अम्बा उत्पादन गर्ने लक्ष्यका साथ आफूले व्यावसायिक रुपमा खेती गरेको उहाँले बताउनुभयो । विगत छ वर्षदेखि व्यावसायिक रुपमा अम्बाको खेती गर्दै आउनुभएका भट्टराई उत्पादन लिन थालेको तीन वर्ष भएको बताउनुहुन्छ ।
    सामान्य उत्पादन बिरुवा लगाएको १८ महिनाबाट लिन सुरु गरेको भए पनि पूर्ण रुपमा उत्पादन लिन थालेको तीन वर्ष भएको उहाँले सुनाउनुभयो । आयातित अम्बाका कारण स्थानीयले बजार नपाउँदा व्यावसायिक रुपमा गर्ने किसानको सङ्ख्या नगण्य मात्रामा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले जिल्लामा सात जनाले व्यावसायिक रुपमा अम्बाखेती गर्दै आएका छन् । उनीहरुमध्ये कतिपयले प्राविधिक ज्ञान नहुँदा असार महिनामा मात्र उत्पादन लिने गरेका छन् । भट्टराईको अम्बा बगैँचामा उत्पादित अम्बा अहिले एउटा आधा किलोदेखि एक दशमलव पाँच किलोसम्मका रहेका छन् । सोही जमिनमा उहाँले अम्बासँगै ड्रागन फ्रुटको समेत खेती गर्दै आउनुभएको छ ।
    जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार व्यावसायिक रुपमा धेरै क्षेत्रफलमा खेती गर्ने भट्टराई मात्रै हुनुहुन्छ । अन्य ५÷६ जनाले दुईदेखि  १० कट्ठा क्षेत्रफलमा उत्पादन गर्ने गरेका छन् । अहिले जिल्लामा व्यावसायिक रुपमा अम्बाखेती पाँच बिगाहा क्षेत्रफलमा रहेको उहाँले जानकारी दिनुभयो । 
    अम्बा थोरै बोटमा पनि धेरै फल्ने र जाडो मौसममा ग्राहकले चिसोको समस्या हुन्छ भनेर खरिद नगर्ने हुँदा बजार पाउन कठिन हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मी समयमा माग धेरै हुन्छ, जाडोमा माग नहुँदा समस्या भयो ।” स्थानीय उत्पादनका बारेमा व्यवसायीहरुलाई ज्ञान नहुँदासमेत समस्या भएको उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.