सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भन्सार छलीका सामान बरामद


  •    न्युजभित्तो/२८ कार्तिक २०८२, बिहीबार १४:०८ 
  • तानसेन (पाल्पा), २७ कात्तिक । यहाँकाविभिन्न ठाउँबाट प्रहरीले भन्सार छलेर चोरी पैठारी गरी ल्याएका अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले यहाँका दुई छुट्टाछुट्टै स्थानबाट एक लाख ३३ हजार ६००  बराबरको अवैध सामान बरामद गरेको हो ।
    जिल्ला रम्भागाउँपालिका र बगनासका लीगाउँपालिकाअन्तर्गत विभिन्न वडामा जिल्ला प्रहरी कार्यालयमा तह कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएका सामान बरामद गरिएको जल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो । उहाँकाअनुसार ५१ हजार ४५० बराबरको ३४३ पिस लेडिज सल, २४ हजार ६०० बराबरको ४१ पिसलेडिज कुर्था सुरुवाल, १८ हजार ८०० बराबरको बच्चा कपडा सेट र ३८ हजार ७५० बराबरको विज्ली लेखेको–सुर्ती प्याकेट बरामदगरिएको छ । बिलभौचर नभएकाले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी नायव उपरीक्षक चौधरीले बताउनुभयो ।
    पाल्पामा यसरी अवैध रूपमा सामान ओसारपसार गर्ने क्रम बढ्दो छ । जसको प्रत्यक्ष असर सरकारको राजश्वमा पर्ने देखिएको छ । भन्सार छली गरी अवैधरूपमा ठूलो मात्रामा सामान भित्रिने गर्दा राज्यलाई दिनहुँ ठूलो मात्रामा राजश्व नोक्सानी पर्न गएको छ । जबकि सम्बन्धित निकायमौन बसिदिँदा यो क्रम दिनानुदिन बढ्दै गइरहेको छ । विगतमा सीमा आसपासमा मात्र यस्ता गतिविधि भएपनि हाल आएर पाल्पा, गुल्मी, रुपन्देही, कपिलवस्तु एवं नवलपरासीका सम्पूर्ण क्षेत्रसम्म विस्तार भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.