सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राना थारु ‘होमस्टे’मा आकर्षण: वार्षिक तीन हजार पाहुनाको बास


  •    न्युजभित्तो/२७ कार्तिक २०८२, बुधबार १२:३६ 
  • महेन्द्रनगर, २६ कात्तिक । कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारु समुदायले सञ्चालन गरेको पाहुना घर (होमस्टे) फष्टाउँदै गएको छ । दश वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा स्थापना भएको होमस्टे राना थारु समुदायको आयआर्जनको माध्यम बनेको छ ।

    यहाँबाट विश्वमै बाह्रसिङ्गेको विशाल बथानले परिचित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको पाहुनाघरमा हिउँदका बेला बासका लागि आउँदा बाह्रसिङ्गे, चित्तल, मयूर, बदेल र विभिन्न प्रजातिका चराचुरुङ्गी सहज रुपमा अवलोकन गर्न पाइने गरेको होमस्टे सञ्चालकहरुको भनाइ छ ।

    राना थारु सामुदायिक होमस्टेका अध्यक्ष परशुराम रानाले निकुञ्जसित जोडिएकाले बन्यजन्तु अवलोकन गर्न पाइने गरेको बताउनुभयो । “निकुञ्जले तार जाली नहालेका बेला त चित्तल, बँदेलले हाम्रो खेतबारीमा निकै नोक्सान पु¥याउथे”, अध्यक्ष रानाले भन्नुभयो, “निकुञ्जमा भ्रमण अवलोकनका लागि आउनेहरु प्रायः बासका लागि होमस्टेमै आउँछन् ।”

    यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने जाने क्रम चलिरहेको भए पनि आवश्यक प्रचार अझै नभएको उहाँको छ । “मुलुकका अन्य निकुञ्ज छेउछाउबाट यहाँ अवलोकनका लागि आउनेहरु बास यही बस्छन्”, रानाले भन्नुभयो, “गत वर्ष मात्रै तीन हजारको हाराहारीमा पाहुनाहरु आएको तथ्याङ्क छ ।”

    उहाँले आठ वटा घरमा सञ्चालित होमस्टेमा सञ्चालकहरुले प्रतिघर वार्षिक रु डेढदेखि दुई लाखसम्म आम्दानी गर्ने गरेको जानकारी दिनुभयो । निकुञ्जका साथै होमस्टेमा बास बस्ने पर्यटकलाई दोधारा चादँनी झोलुङ्गे पुल र पिपरियामा रहेको हात्तीसारमा हात्ती अवलोकनका लागि पनि दूरीका हिसाबले नजिक पर्छ ।

    “ यहाँ हिउँदको समय र फागुनदेखि जेठसम्म पर्यटकहरु बासका लागि धेरै आउँछन्”, अध्यक्ष रानाले भन्नुभयो “यहाँ राना थारु परिकारदेखि पहिरन र सांस्कृतिक कार्यक्रममा रमाउने गर्छन ।” यहाँ गत साउनयता दुई सयभन्दा बढी पर्यटकले बास बसेको उहाँको भनाइ छ । रानाका अनुसार छिटपुट रुपमा होमस्टे सञ्चालनमा दातृ निकायले सहयोग गर्दै आएका छन् ।

    “दश वर्षअघि होमस्टे सुरु गर्दा पनि दाताहरुबाट सहयोग मिलेको थियो”, उहाँले भन्नुभयो, “यहाँको थारु नृत्यहरुको माग धेरै कार्यक्रममा अन्त हुने गर्छ ।” सुलभ बसाइ हुने भएकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने प्रायः पर्यटक होमस्टेमै बास बस्ने गरेको विगतझै अहिले पनि पर्यटक आवागमनमा कमी आएको छ । यहाँ बासका लागि आउने पर्यटकले स्थानीय उत्पादनको स्वादसमेत लिन पाउँछन् ।

    भीमदत्त नगरपालिकाको नयाँ कटानसँगै कृष्णपुरको वाणी र शुक्लाफाँटा नगरपालिकाको जोनापुरमा समेत होमस्टे सञ्चालमा छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका सचिव राहुल भट्टले जिल्लामा आउने पर्यटकहरुका लागि होमस्टेहरु सहज र उपयोगी भएको बताउनुभयो ।

    “पर्यटकमैत्री प्याकेजहरु सञ्चालन गरेर जिल्लाका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा निजी क्षेत्रले पनि प्रयास गरिरहेको छ”, उहाँले भन्नुभयो, “यहाँका पर्यटकीयस्थलको प्रचारप्रसारमा उद्योग वाणिज्य सङ्घ सधँै अग्रसर रहँदै आएको छ ।” उहाँले होमस्टे वृद्धि तथा सञ्चालनमा निजी क्षेत्रको सहकार्य पनि जरुरी रहेको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.