सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण


  •    न्युजभित्तो/२६ कार्तिक २०८२, मंगलवार १६:२६ 
  • मोरङ, २५ कात्तिक । कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको पोडवेसहित विभिन्न मेसिन तथा उपकरण बनाएका छन् । 
    यसैगरी कृषि कार्य गर्दा धान काट्ने, दाईं गर्ने, मल तथा पानी छर्ने, जोत्ने आदि काम एकै मेसिनबाट गर्नसक्ने स्मार्ट फार्मिङ उपकरणसहित स्मार्ट सिटीमा सोलारबाट चल्ने पोडवेलगायत विभिन्न्न मेसिन र उपकरण बनाइएका हुन् । मनोमोहन पोलिटेक्निकका इलेक्ट्रिक इन्जिनियरिङतर्फका विद्यार्थीहरुको समूहले बनाएको उक्त स्मार्ट फार्मिङ मेसिनको रिमोटबाटै चलाएर विश्वविद्यालयमा सोमबार प्रर्दशनसमेत गरिएको थियो । 
    यसैगरी उक्त विश्विद्यालयका इलेक्ट्रिक एन्ड इलेक्ट्रिोक्स इन्जिनियरिङतर्फका विद्यार्थीहरुले स्मार्ट सिटीका लागि सोलारबाट चल्ने पोडवे पनि निर्माण गरी प्रदर्शन गरेका छन् । सिभिलतर्फका विद्यार्थीहरुले भूकम्परहित पुरानो मोडलको घर, आधुनिक धर्मशाला, मिल्टप्रोपोज कम्प्लेक्स र व्यापारिक मल लगायतका सातवटा डेमो प्रदर्शन गरेका थिए । 
    सूचना प्रविधि विभागका विद्यार्थीले सफ्टवेयर निर्माण गरी रक्तदान गर्न सहयोग पु¥याउने ब्लड डोनेसन पोर्टल, कर्मचारीको कार्य व्यवस्थापन प्रणाली, दर्ता चलानी प्रणाली, अनलाइनमार्फत व्यापार गर्न सकिने सजिलो मार्ट लगायतका प्रदर्शन गरेका छन्   
    यसैगरी मेकानिकलतर्फका विद्यार्थीहरुले घुमफिर गर्ने होचो अनलोड वोगी ९कार०, स्वचालित वासिङ मेसिन र स्वचालित राइस प्लान्ट आदि उपकरणको डेमो प्रदर्शन गरिएको थियो । पोलिटेक्निकका तीनवर्षे डिप्लोमा पास आउट भएर जाने विद्यार्थीले हरेक वर्ष बनाएका विभिन्न उपकरण प्रदर्शन गर्दै आएका छन् तर ती उपकरणको व्यावसायिक प्रयोजनमा निजी र सरकारी क्षेत्रबाट चासो नहुँदा सबै गोदाममा थन्किएर बस्ने गरेको पोलिटेक्निकका प्राचार्य सुदीप अधिकारीले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.