सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुल नहुँदा सास्ती


  •    न्युजभित्तो/२६ कार्तिक २०८२, मंगलवार १६:०१ 
  • तुलसीपुर(दाङ), २५ कात्तिक । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले त्यहाँका बासिन्दालाई बर्सेनि पिरोल्छ । फूलबारीको बराखुट्टी जाँदासम्म नौपटक तर्नुपर्छ, तर पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ । त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन । 
    त्यसले गर्दा गाडी आवतजावतमा पनि निकै समस्या हुने गरेको स्थानीय बालाराम घर्तीले बताउनुभयो । उहाँका अनुसार तीन स्थानमा झोलुङ्गे पुल भए पनि अन्य स्थानमा अझै पनि पुल निर्माण भएका छैनन् । 
    बराखुट्टी र गाईखुट्टीको बीचमा एउटा झोलुङ्गे पुल छ । त्यस्तै साजखुट्टी र बराखुट्टी जोड्ने अर्को पुल छभने अमुवापुरमा गरी तीन झोलुङ्गे पुल छन् । ती झोलुङ्गे पुलबाट आवतजावतमा केही सहज भए पनि अन्य छवटा स्थानमा झोलुङ्गे पुल पनि छैनन् । ती स्थानमा झोलुङ्गे पुलसमेत नहुँदा बर्सातको समय निकै समस्या हुने उहाँको भनाइ छ ।
    “हामीले त्यही खोला नौ ठाउँमा तर्नु पर्छ”, उहाँले भन्नुभयो, “तीन ठाउँमा पुल बनेकाले सहज भए पनि अन्य ठाउँमा एकदमै गाह्रो छ ।” गिधनियामा बन्न थालेको पुल पनि सात वर्षदेखि अलपत्र छ । जुन ठाउँमा अहिले दुईवटा पिल्लर मात्रै छन् । त्योभन्दा अगाडि बढ्न सकेको छैन । यसरी पुल अलपत्र भएपछि आफूहरु आजित भएको स्थानीय भक्तबहादुर बस्नेतले बताउनुभयो । “बन्न लागेका पुल पनि बीचमै अलपत्र छन्”, उहाँले भन्नुभयो, “यसरी त हामी निकै मारमा परेका छौँ ।”  
    हाल सोही ठाउँको मजघटुवामा पुल निर्माणका लागि प्रक्रिया अघि बढेको छ । उपमहानगरपालिकाले त्यसका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । उपमहानगरपालिका भित्रकै पहिलो बक्स पुल निर्माणका लागि सोही स्थानमा सर्वेसमेत भइरहेको नगर प्रमुख टिकाराम खड्काले बताउनुभयो । 
    उहाँका अनुसार सोही पुल आउँदो जेठसम्म सक्नेगरी तयारी गरिएको छ । जहाँ पुल निर्माण भएपछि त्यहाँका आधा दर्जन बढी गाउँलाई सहज हुने उहाँको भनाइ छ । मजघटुवा, रनियापुर, बराखुट्टी, सासखुट्टी, मन्नामेलगायतका बासिन्दालाई सहज हुने उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.