सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’


  •    न्युजभित्तो/२६ कार्तिक २०८२, मंगलवार १२:१५ 
  • त्रिवेणी (नवलपरासी), २५ कात्तिक । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित गोलपोखरी पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने गोलपोखरी पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।

    उत्तरतर्फ देखिने हिमशृङ्खला, नवलपुरको पहाडी क्षेत्रका बस्ती, कालीगण्डकी नदी आसपास नवलपुर र तनहुँका पहाडका टाकुराको रमणीय दृश्य सहज रूपमा अवलोकन गर्न सकिने हुँदा गोलपोखरी क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । छोटो दूरीको पहाडी यात्राको अनुभव लिँदै हिमाली दृश्य सहज रूपमा अवलोकन गर्न सकिने हुँदा गोलपोखरी क्षेत्र सुन्दर लागेको गोलपोखरी घुम्न पुग्नुभएका कावासोती–१५ का दुर्गा महतोले बताउनुभयो ।

    बजार क्षेत्रबाट केही किलोमिटरको यात्रा गरी यति सुन्दर हिमाल र पहाडका दृश्यहरू देख्दा आफूलाई निकै रमाइलो लागेको उहाँले बताउनुभयो । नवलपुरबाटै यति सुन्दर हिमशृङ्खला अवलोकन गर्न पाइन्छ भन्ने आफूलाई नलागेको र गोलपोखरी आउँदा फरक अनुभूति गरेको महतोले बताउनुभयो । “बजार क्षेत्रमै रहँदा कस्तो होला भन्ने थियो, यहाँ आउँदा साँच्चै नवलपुरको यस्तो ठाउँ पनि रहेछ भन्ने भयो, सेता हिमाल आँखै अगाडि देख्दा धेरै आनन्द आयो”, उहाँले भन्नुभयो ।

    महतोजस्तै अहिले नवलपुरको बजार क्षेत्रबाट गोलपोखरी पुग्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । नवलपुरको कावासोती फलफूल चोक तथा देवचुलीको दलदलेबाट कुमसोत–पोखरी हुँदै करिब २५ किलोमिटर यात्रा गरेपछि गोलपोखरी पुग्न सकिन्छ ।

    गोलपोखरी क्षेत्रमा मुख्य गरी सार्वजनिक बिदाका दिनमा आन्तरिक पर्यटकको चहलपहल धेरै हुने गरेको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानामगरले बताउनुभयो । हुप्सेकोट गाउँपालिकाले गोलपोखरीसहितको धौबादी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पूर्वाधार निर्माणको काम गरेको वडाध्यक्ष रानामगरले बताउनुभयो ।

    गालेपोखरी पार्क क्षेत्रमा दुईवटा प्रतीक्षालय निर्माण गरिएको छ । गोलपोखरी पुग्ने पर्यटकलाई पदयात्रासँगै हिमाली दृश्यको सहज अवलोकनका लागि एक हजार १०० मिटर लम्बाइको पदमार्ग पनि निर्माण गरिएको वडाध्यक्ष रानामगरले बताउनुभयो । गोलपोखरीबाट धौबादी पहाडमा पदमार्ग निर्माण गरेसँगै पर्यटकको आगमन थप बढेको उहाँले बताउनुभयो । पदमार्ग हुँदै यात्रा गर्दै हिमालसहित जिल्लाको पहाडी बस्तीको अवलोकन गर्न सकिने हुँदा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको उहाँले बताउनुभयो । गोलपोखरी क्षेत्रबाट लामो दूरीमा फैलिएको उत्तरतर्फका हिमशृङ्खला सहज रूपमा अवलोकन गर्न सकिने वडाध्यक्ष रानामगरले बताउनुभयो । “गोलपोखरी मुख्यगरी लामो रेन्जमा हिमाल देख्न सकिन्छ, यसकारण पनि हिमालको दृश्य हेर्न, पहाडमा निर्माण गरिएको पदमार्गमा डुल्न आउने क्रम बढेको छ”, वडाध्यक्ष रानामगरले भन्नुभयो ।

    गोलपोखरीमा उद्यान पनि निर्माण गरिएको छ । तारबारले घेरेर गोलपोखरी शान्ति पार्क निर्माण गरिएको भए पनि अहिले उक्त पार्क बन्द छ । समिति मातहतबाट सञ्चालन गर्नेगरी केही वर्षअघि पार्क क्षेत्रभित्र विभिन्न संरचना निर्माण गरिएको भए पनि समितिबाट तदारुकताका साथ सञ्चालनको काम नहुँदा अहिले उक्त पार्क बन्द अवस्थामा रहेको वडाध्यक्ष रानामगरले बताउनुभयो । पार्कलाई व्यवस्थित गरी थप पर्यटकीय गतिविधि सञ्चालनको उद्देश्य रहेको उहाँको भनाइ छ ।

    गोलपोखरी क्षेत्रमा थप पर्यटकीय पूर्वाधार निर्माण गर्न सक्ने हो भने जिल्लाको पर्यटनको उत्कृष्ट गन्तव्य बन्न सक्ने वडाध्यक्ष रानामगरले बताउनुभयो । उक्त क्षेत्रमा अहिले खानेपानीको समस्या छ । खानेपानी पुर्याउन सक्ने हो भने वनभोजस्थलका रूपमा पनि विकास गर्न सकिने उहाँले बताउनुभयो । पोखरी गाउँदेखि गोलपोखरीसम्मको बाटोमा केही क्षेत्र अलि जीर्ण रहेकाले त्यसलाई राम्रो बनाउन सके थप सहज रूपमा पर्यटक गोलपोखरी आउन सक्ने उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.