सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागलुङमा थपिए ६३१ मतदाता


  •    न्युजभित्तो/२५ कार्तिक २०८२, सोमबार १६:५० 
  • गलकोट (बागलुङ), २४ कात्तिक । बागलुङमा ६३१ नयाँ मतदाता थपिएका छन् । निर्वाचन तयारीअनुसार बागलुङमा मतदाता नामावली सङ्कलन भइरहेको छ । आगामी फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बागलुङ तयारीमा जुटेको छ ।

    कार्यालयले मतदाता नामावली सङ्कलन, ठाउँसरी र त्रुटि सञ्चाउने कार्य कार्यालयबाट दैनिक रूपमा गरिरहेको छ । निर्वाचन आयोगको निर्देशनअनुसार असोज ९ गतेपछि अनलाइन र कार्यालय दुवै स्थानबाट ठाउँसरी र त्रुटि सञ्चाउने काम भइरहेको छ भने कार्यालयबाट नयाँ मतदाता नामावली सङ्कलनको काम भइरहेको छ ।

    निर्वाचनको मिति घोषणा भएको असोजको ९ गतेपछि अहिलेसम्म बागलुङ जिल्लामा ६३१ मतदाता नामावली सङ्कलन गरिएको ३१६ जनाको ठाउँसरी गरिएको र ५१ जनाको त्रुटि सच्चाइएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

    जिल्ला निर्वाचन कार्यालयलाई कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन र अध्यावधिकको काम गर्नु भनी आएको परिपत्रअनुसार दैनिक नयाँ मतदाता नामावली दर्ता र अध्यावधिकको काम भइरहेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख तथा निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँले नयाँ नामावली दर्ता, ठाउँसारी र त्रुटि सच्चाउने काम जिल्ला निर्वाचन कार्याय बागलुङबाट भइरहेको बताउनुभयो ।

    उहाँले नेपालका जुनसुकै निर्वाचन कार्यालयबाट नामावली सङ्कलनको काम गर्न सकिने बताउँदै बागलुङ जिल्ला ठेगाना भएकाले यही निर्वाचन कार्यालय आउनुपर्छ भन्ने नरहेको बताउनुभयो ।

    ठाउँसरीका लागि भने बसाइसराइँ दर्ता प्रमाणपत्र अथवा विवाह दर्ताको प्रमाण अनिवार्य रहेको बताउनुभयो । यस्तै नागरिकता नम्बर सच्चाउने, नाम, बाबु आमाको नाम तथा निर्वाचनस्थललगायत त्रुटिसमेत सञ्चाउने कार्य भइरहेको बताउनुभयो ।

    नयाँ नामावली दर्ताका लागि अनलाइन फारम भरेर जैविक विवरण बुझाउन भने कार्यालयमै आउनुपर्ने रिजालको भनाइ छ । अहिले जिल्लाको इलाका प्रशासन कार्यालय र स्थानीय तहबाट नामावली दर्ता तथा अध्यावधिकको काम नभएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । कात्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली दर्ता र ठाउँ सरी गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।

    पालिका र इलाकामा नामावली दर्ताको सम्भावना हाललाई नभएको आयोगको भनाइ छ । जनशक्ति, बजेट तथा निर्वाचन तालिकाअनुसार जिल्ला निर्वाचन कार्यालयबाट मात्रै नामावली सङ्कलनको व्यवस्था मिलाइएको छ । बागलुङमा पछिल्लो अध्यावधिक मतदाता नामावली अनुसार बागलुङमा एक लाख ७९ हजार १७३ मतदाता रहेका छन् । जसमध्ये महिला ९७ हजार ३४ जना र पुरुष ९२ हजार १३९ जना रहेका छन् ।

    जिल्लामा १०६ मतदान स्थल रहेका छन् भने मतदाताको सङ्ख्याका आधारमा केन्द्र व्यवस्थापन गरिनेछ । कात्तिक ३० गतेसम्म जिल्लामा मतदाताको सङ्ख्या केही मात्रमा बढ्ने देखिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.