सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भोकमरी सूचकाङ्कमा नेपालको सुधार, दक्षिण एसियामै दोस्रो स्थानमा


  •    न्युजभित्तो/२५ कार्तिक २०८२, सोमबार १४:३६ 
  • काठमाडौँ, २४ कात्तिक । नेपालमा भोकमरीको अवस्थामा पछिल्लो समय सुधार आएको छ । विश्व भोकमरी सूचकाङ्क २०२५ को वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख देखिएको हो।

    विश्वका १२३ वटा देशमा भोकमरीको अवस्थाबारे अध्ययन गरी तयार पारिएको सूचकाङ्कमा नेपाल ७२ औँ स्थानमा छ । बालबालिकाको कुपोषण, लालनपालन, बाल मृत्युदरजस्ता विषयको मूल्याङ्कन गर्दै सूचकाङ्क तयार पारिएको हो ।

    सूचकाङ्कले नेपालमा कूल जनसङ्ख्याको ५ दशमलव ३ प्रतिशत जनसङ्ख्या कुपोषित रहेको देखाएको छ। यस्तै, पाँच वर्षमुनिका २६ प्रतिशत बालबालिका कमजोर र दुब्लापातला रहेको पाइएको छ। यस्तै, पाँच वर्षमुनिका ७ प्रतिशत बालबालिकाको हुर्काइबढाईमा समस्या छ।

    यस्तै, २ दशमलव ६ प्रतिशत बालबालिकाको जन्मिएको पाँच वर्षभित्र नै मृत्यु हुने गरेको देखिएको छ।

    सूचकाङ्कले यी देशमा भोकमरीको शून्यदेखि चरम अवस्था जनाउनका लागि सूचकाङ्कले चार वटा अवस्था चित्रण गरेको छ । यसमा ९ अकंसम्म रहने मुलुकमा भोकमरी नरहेको, १० देखि १९ सम्म मध्यम, २० देखि ३४ सम्म गम्भीर, ३५ देखि ४९ सम्म चिन्ताजनक र ५० अंकभन्दा माथि भोकमरीको भयानक स्थिति मानिएको छ।

    ल्बदष् िदबलप
    नेपालको भोकमरी सूचकाङ्क १४ दशमलव ८ छ। यो भोकमरीको मध्यम अवस्था हो । सन् २००० मा नेपाल यो सूचकाङ्क ३७ रहेको थियो । त्यस्तै, २००८ मा २८ दशमलव ५ प्रतिशत, २०१६ मा २०।६ प्रतिशत थियो भने अहिले सुधार भएर सो स्थानमा आइपुगेको हो ।

    यस्तै विश्वमा सबैभन्दा भोकमरीको चरम अवस्था सोमालियामा देखिएको छ। यहाँ भोकमरीको सूचक ४२ दशमलव ६ छ । सबैभन्दा कम भोकमरी रहेको वा भोकमरीको अवस्था नरहेको देश २५ वटा रहेका छन् ।

    यो सूचीमा दक्षिण एसियाली मुलुक भारत २५ दशमलव ८ अङ्कसहित १०२ औँ स्थानमा छ । पाकिस्तान २६ दशमलव १ अङ्क सहित १०६ औँ स्थानमा छ। श्रीलङ्का ११ दशमलव २ अङ्कसहित ६१ औँ स्थानमा र बङ्गलादेश १९ दशमलव २ सहित ८५ औँ स्थानमा रहेका छन् ।

    यो हिसाबले नेपाल दक्षिण एसियामै दोस्रो कम भोकमरी भएको मुलुकको रूपमा रहेको छ । भुटान, माल्दिभ्स र अफगानिस्तान मूल्यांकनमा समावेश छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.