सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दाङमा करिब एक हजार सात सय मतदाता थपिए


  •    न्युजभित्तो/२२ कार्तिक २०८२, शुक्रबार १६:२६ 
  • तुलसीपुर (दाङ), २१ कात्तिक । यहाँ एक महिनामा एक हजार ७०० मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सुरु भएको नयाँ मतदाता नामावली दर्ता तथा अद्यावधिकमा सो सङ्ख्यामा नयाँ मतदाता थपिएका हुन् । गत असोज १२ गतेदेखि सुरु भएको मतदाता नामावली दर्ता तथा अद्यावधिकमा बिहीबारसम्म एक हजार ६८० जना नयाँ मतदाता थपिएका हुन् ।
    यो सङ्ख्या न्यून रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताउनुभयो । “यो निकै न्यून सङ्ख्या हो, अहिले जिल्लाबाट मात्रै मतदाता नामावली दर्ताको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “त्यसले पनि दर्ता गर्ने कम भएका हुन सक्नछन् ।” हालसम्म ५९४ महिला र १०८६ जना पुरुषले मतदाता नामावली दर्ता गरेको जनाउँदै उहाँले दर्ता गराउनेमध्ये अधिकांश १६ देखि २५ वर्ष उमेर समूहका रहेका बताउनुभयो ।
    यसअघि २०७९ सालमा भएको प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचनको तयारीका बेला दैनिक कम्तीमा पनि ५०० भन्दाबढीले नामावली दर्ता गराउने गरेका स्मरण गर्दै कुँवरले यसपटक एक महिनामा दुई हजार पनि नपुगेको बताउनुभयो । जिल्ला प्रशासनमा नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने भने घुइँचो लागेको उहाँको भनाइ छ । 
    राजनीतिक दलहरू पनि यसपटक मतदाता दर्ता अभियानमा सक्रिय नभएकाले दर्ता हुनेको सङ्ख्या कम देखिएको सूचना अधिकारी कुँवरले बताउनुभयो । उहाँका अनुसार यही कात्तिक ३० गतेसम्म नामावली दर्ता र अद्यावधिक गर्ने मिति तय भएको छ । 
    दाङमा हाल तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । अहिले कूल मतदाता सङ्ख्या चार लाख १६ हजार ७३५ पुगेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । तीमध्ये दुई लाख ११ हजार ७१६ महिला, दुई लाख पाँच हजार १७ पुरुष र अन्य दुई जना मतदाता रहेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.