सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने


  •    न्युजभित्तो/२२ कार्तिक २०८२, शुक्रबार १६:२० 
  • पर्वत, २१ कात्तिक । जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।
    पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत उपलब्ध गराउन कृषकले गाउँपालिका र वडा कार्यालयमा अनुरोध गरेपछि क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउने कार्यपालिकाको बैठकबाट निर्णय भएको छ ।
    गाउँपालिका कार्यालयबाट कात्तिक १४ गतेदेखि धानबालीमा भएको क्षतिको विवरण सङ्कलन गर्न कर्मचारी खटाइएको उहाँले बताउनुभयो । उहाँले कर्मचारी र जनप्रतिनिधि सहभागी टोलीले पालिकाभरमा ७०० परिवारको एक हजार ५०० रोपनी खेतमा लगाइएको बालीमा क्षति पुगेको विवरण उपलब्ध गराएका जानकारी दिनुभयो । उहाँका अनुसार उक्त क्षेत्रफलमा लगाइएको करिब ४५० टन धानबाली नष्ट भएको अनुगमनकर्ताको विवरणमा उल्लेख छ ।
    कार्यपालिकाको बैठकले राहत वितरण गर्दा न्यूनतम एक रोपनी क्षेत्रफलको धान क्षति भएका किसानलाई रु दुई हजार तथा एक रोपनीभन्दा बढी क्षति भएका किसानलाई त्यसपछिको प्रत्येक रोपनीका लागि रु एक हजार ५०० का दरले थप गरी राहत दिने निर्णय गरेको छ ।
    प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले राहत रकममा यति खर्च हुन्छ भन्ने यकीन भने नभएको बताउनुभयो । प्रत्येक परिवारको कूल क्षेत्रफलको प्रमाणित तथ्याङ्क निकालेपछि मात्रै खर्च रकमबारे टुङ्गो लाग्ने उहाँको भनाइ छ । पन्ध्र सय रोपनीलाई रु एक हजार ५०० का दरमा राहत वितरण गर्दा अनुमानित करिब रु २२ लाख गाउँपालिकाले कृषकलाई वितरण उहाँले जानकारी दिनुभयो ।
    भित्र्याउने बेलाको बालीलाई वर्षाले प्रभावित पारेपछि पर्वतका कृषकहरू चिन्तामा छन् । काटेर सुकाइएको धान भिजाउने, निहिनमा धान झार्ने, पराल भिज्नेलगायत समस्या भएको छ । नकाटेर गरामा ठाडो अवस्थामा रहेका धानमा वर्षाले खासै क्षति नगरेको भए पनि गत सोमबारको हावाले बाली ढलाएर क्षति पुर्‍याएको पैयुँ गाउँपालिकाले जनाएको छ ।
    जिल्लाको कुश्मा नगरपालिका, फलेबास नगरपालिका, विहादी, मोदी र महाशिला गाउँपालिकाले पनि क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना
    • ‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’
    • कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
    • जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु
    • सार्वजनिक स्रोत–साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.