सरकारी जमिनमा व्यावसायिक मुङखेती न्युजभित्तो/२१ कार्तिक २०८२, बिहीबार १०:५४ राँझा (बाँके), २० कात्तिक । कृषिमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खजुरा गाउँपालिका–२ वडा कार्यालयले सरकारी जमिन व्यावसायिक खेती थालेको छ । अभियानका रुपमा मुङखेतीको गरिएको बताउँदै वडाध्यक्ष धनराम ओलीले त्यो सफल भएको जानकारी दिनुभयो । हाल १८ कट्ठा जमिनमा मुङखेती गरिएको छ । हाल उक्त वडावासी मुङखेतीतर्फ आकर्षित भएका छन् । कृषि अभियान मुङखेतीमा मात्र सीमित छैन टनेल बनाएर च्याउको व्यावसायिक उत्पादन पनि भएको छ । वडा कार्यालयले आँप, कटहर, अम्बा, कागतीलगायत अमिला फलका बिरुवा हुर्काइरहेको छ । साथै खाली जमिनमा राजमा र तोरीखेती गरिएको छ । रासस तपाईको प्रतिक्रिया ताजा अपडेट टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
राँझा (बाँके), २० कात्तिक । कृषिमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खजुरा गाउँपालिका–२ वडा कार्यालयले सरकारी जमिन व्यावसायिक खेती थालेको छ ।
अभियानका रुपमा मुङखेतीको गरिएको बताउँदै वडाध्यक्ष धनराम ओलीले त्यो सफल भएको जानकारी दिनुभयो । हाल १८ कट्ठा जमिनमा मुङखेती गरिएको छ ।
हाल उक्त वडावासी मुङखेतीतर्फ आकर्षित भएका छन् । कृषि अभियान मुङखेतीमा मात्र सीमित छैन टनेल बनाएर च्याउको व्यावसायिक उत्पादन पनि भएको छ ।
वडा कार्यालयले आँप, कटहर, अम्बा, कागतीलगायत अमिला फलका बिरुवा हुर्काइरहेको छ । साथै खाली जमिनमा राजमा र तोरीखेती गरिएको छ । रासस