सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षा, स्वास्थ्य क्षेत्रमा सघाउँदै कोरियाली स्वयंसेवक


  •    न्युजभित्तो/१९ कार्तिक २०८२, मंगलवार १२:२३ 
  • काठमाडौँ, १८ कात्तिक । कोरियाली अन्तरराष्ट्रिय सहयोग संस्था (कोइका) ले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि, पर्यटनलगायत क्षेत्रमा स्वयंसेवक परिचालन गरी सरकारीस्तरको सम्बन्धलाई जनस्तरमा पनि सुमधुर तुल्याउँदै आएको छ ।

    द्विपक्षीय सहयोगलाई निरन्तरता दिँदै कोइकाले भोलिदेखि कार्यस्थतलमा परिचालन हुनेगरी दुई जना स्वयंसेवकलाई नेपालमा खटाएको छ । यहाँस्थित कोइका कार्यालयका अनुसार स्वयंसेवक सोक्हेइ यीले भोलिदेखि बुटवलस्थित कोरिया–नेपाल पोलिटेक्निक इन्स्टिच्युट र जिनप्यो ज्योङले धनगढीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा स्वयंसेवा गर्नुहुनेछ ।

    हाल काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुङ, कास्की, इलाम र कैलालीमा १० जना कोरियाली स्वयंसेवक कार्यरत छन् । कोभिड–१९ महामारीपछि कोइकाले विभिन्न क्षेत्रमा गरी २७ जना स्वयंसेवक नेपालमा परिचालन गरेको छ । सन् १९९० यता ४९५ जना कोरियाली स्वयंसेवकले नेपालमा सेवा गरिसकेका छन् ।

    स्वयंसेवक कार्यक्रमको उद्देश्य कोरियाली ज्ञान र अनुभवलाई समुदायस्तरमा स्थानान्तरण गर्नाका साथै साझेदार मुलुकहरूसँगको मित्रता र आपसी बुझाइ सुदृढ गर्नु हो । यसबाट दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्ने कोयकाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.