सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देउसीभैलोबाट सङ्कलित रकमले बाटो मर्मत


  •    न्युजभित्तो/१९ कार्तिक २०८२, मंगलवार ११:४६ 
  • सिमकोट (हुम्ला), १८ कात्तिक । देउसीभैलो खेलेर सङ्कलन भएको रकमले बाटो मर्मत गरिएको छ । देउसीभैलो मनोरञ्जनका लागि खेल्ने गरिए पनि पछिल्लो समय यहाँका केही समूहले मनोरञ्जन मात्रै नभएर विकास निर्माणमा लगानी गर्न थालेका हुन् । 
    हुम्लाको अदानचुली गाउँपालिका–१ तल्लो कल्खे गाउँका युवाले यस वर्षको तिहारमा देउसीभैलो खेलेर सङ्कलन भएको रकमले दैनिक आवतजावत गर्ने बाटो मर्मत गरेका उक्त समूहका संयोजक वर्ष महतराले बताउनुभयो । “गत वर्ष दैनिक पशुचौपाया हिँड्ने तलिखोलाको बाटो मर्मत गरेका थियौँ, यस वर्ष स्यालखेत खानेपानीको बाटो मर्मत गरेका हौँ”, उहाँले भन्नुभयो ।
       
    पछिल्लो समय दुर्गम क्षेत्रमा विकास योजना आफँै नआउने, ल्याउनु परे निकै सास्ती ब्योहोर्नुपर्ने, सानातिना विकासका योजना नआउनेलगायत समस्या भएकाले गाउँको मर्मतमा समूह जुटेको महतराको भनाइ छ ।
    मुगु जिल्लाको भिइ, सोरु गाउँपालिकाको मुख्य बजार क्षेत्र, तुम्च र हुम्लाको आफ्नै गाउँमा देउसीभैलो खेली करिब रु ३५ हजार सङ्कलन भएकामा १३ जना युवाको खाना खर्च कटाएर बाँकी रकमले बाटो मर्मत गरिएको हो । दैनिक खानेपानी ल्याउने, पशुचौपाया हिँड्ने बाटो गत वैशाखमा आएको बाढीले भत्काएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.