सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा


  •    न्युजभित्तो/१९ कार्तिक २०८२, मंगलवार ११:३८ 
  • बर्दिया, १८ कात्तिक । आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका साथ आइतबार पोखराबाट निस्केको ‘जाउँ है बेगनास पोखरा’को टोलीले सोमबार बर्दियाको ठाकुरबाबा नगरपालिकाका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारीका विषयमा छलफल गरेको छ ।
    होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष(२०२५ को सहयोगमा त्रीदिवसीय कार्यक्रमका साथ निस्केको टोलीले बेगनास क्षेत्र र बर्दियाको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको हो ।
    पर्या(पर्यटन विकास मञ्च ठाकुरद्वाराको सहजीकरणमा ठाकुरबाबा नगरपालिकामा गरिएको कार्यक्रमका सहभागीले पर्या(पर्यटनलगायत क्षेत्रमा एकरुपता रहेकाले बेगनास र बर्दियाबीच पर्यटकीय साझेदारीले दुवै लाभान्वित हुनेमा जोड दिइएको हो ।
    ठाकुरबाबा नगरपालिकाका प्रमुख तीलकराम लम्सालले नेपाल आफैँमा प्रचुर पर्यटकीय सम्भावना भएको देश भएकाले राज्यका तीनवटै तहले यस क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । पोखरासँगको पर्यटकीय साझेदारीका लागि आफूहरू तयार रहेको जनाउँदै उहाँले आपसी समन्वयबाट दुवै क्षेत्रको पर्यटकीय विकासलाई अघि बढाउन सकिने धारणा राख्नुभयो ।
    पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका सहसंयोजक एवं होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका सल्लाहकार दामोदरभक्त थापाले लेखनाथ क्षेत्रमा रहेका बेगनासतालसहितका सात तालहरू, यहाँबाट देखिने हिमाली दृश्यसँगै पर्यटकीय सम्भावनालाई उजागर गर्नेतर्फ आफूहरू लागेको बताउनुभयो ।
    बेगनासतालसहित यस आसपासका क्षेत्र जैविक विविधताले सम्पन्न हुनुका साथै चरा पर्यटनलगायतमा धेरै सम्भावना बोकेको जनाउँदै उहाँले बर्दियाका पर्यटकीय क्षेत्रसँग यस्ता विषय मिल्दोजुल्दो भएकाले सहकार्य गरेर अघि बढ्न सकिने धारणा राख्नुभयो । उहाँले बेगनाससहित यहाँका तलतलैया एवं पर्यटकीय गन्तव्य समेटिएको श्रव्यदृश्य सामग्री प्रस्तुत गर्नुभएको थियो ।
    होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले लेखनाथ क्षेत्रमा तालतलैयासँगै हिमाल हेरेर फुटबल खेल्न सकिने, भण्डारढिकस्थिल खेलमैदानलगायत पर्यटकीय पूर्वाधार रहेका जानकारी दिनुभयो । बेगनास क्षेत्रमा आएका पर्यटकलाई बर्दिया पठाउँदा पर्यटकीय गतिविधिसँगै आम्दानी बढ्ने बताउँदै उहाँले बर्दिया आउने पर्यटकलाई बेगनाससहित पोखराका पर्यटकीय गन्तव्य पठाउन आग्रह गर्नुभयो ।
    ठाकुरबाबा नगरपालिकाका उपप्रमुख बिनाकुुमारी भट्टराईले विश्वमा बाघ हेर्ने महत्त्वपूर्ण गन्तव्यका रूपमा बर्दिया विकास भइरहेको उल्लेख गर्दै प्राकृतिक रूपमा सम्पन्न पोखरासँग पर्यटकीय साझेदारी गरेर अघि बढिने धारणा राख्नुभयो । 
    पोखरा महानगरपालिकाका लेखा अधिकृत छविलाल शर्माले बर्दिया र कास्कीमा भएका पर्यटकीय सम्भावनालाई उजागर गर्न आपसी समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
    पर्या(पर्यटन विकास मञ्च बर्दियाका अध्यक्ष कृष्णप्रसाद भट्टराईले राष्ट्रिय निकुुञ्जका कारण बर्दिया परिचित बनेको बताउँदै संसारकै घुम्ने गन्तव्यका रूपमा बर्दियाले विश्वव्यापी चर्चा पाउन थालेको जानकारी दिनुभयो । पोखरा आफैँमा पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएका कारण आफूहरू पोखरासँगको पर्यटकीय साझेदारीका लागि हातेमालो गर्न तयार रहेको उहाँको भनाइ छ ।
    कार्यक्रममा होटेल एशोसिएसन नेपाल(हान) बर्दियाका महासचिव रेशम थापा, बर्दिया संरक्षण क्षेत्रका अध्यक्ष राजन चौधरीलगायतले पर्यटकीय साझेदारीले दुवै गन्तव्य लाभान्वित हुने भएकाले यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
    प्रवर्द्धन टोली आज कर्णालीको सदरमुुकाम सुर्खेतका पर्यटकीय गन्तव्यको अवलोकनसँगै त्यहाँका पर्यटन व्यवसायीसँग छलफल एवं अन्तरक्रिया गरी पोखरा फर्कने होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका महसचिव सुरेश लामिछानेले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.