सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बङ्गलादेशका दुग्ध उत्पादक किसान चितवनमा


  •    न्युजभित्तो/१९ कार्तिक २०८२, मंगलवार १०:२९ 
  • चितवन, १८ कात्तिक । जिल्लाको दुग्ध उत्पादन, प्रशोधन र बजारीकरणका विषयमा जानकारी लिन बङ्गलादेशका दुग्ध उत्पादक किसानहरू यहाँ आएका छन् । बङ्गलादेशका दुग्ध उत्पादक किसान मनरुप इस्लामका नेतृत्वमा आएको १७ सदस्यीय टोलीले आज यहाँका दुग्ध उत्वपादक सहकारी उद्योग, गाई फार्महरूको अवलोकन गर्नेछ । उनीहरूले सोमबार जिल्लामा भएको दुग्ध उत्पादन र यहाँको अवस्थाका बारेमा जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घसँग छलफल गरेका थिए ।

    सङ्घका चितवन अध्यक्ष किशोर बगालेका अनुसार उनीहरुले यहाँ दूध उत्पादनको अवस्था, वितरण प्रणाली, दुग्ध उत्पादक किसानको अवस्थाबारे जानकारी लिएका हुन् । उहाँले भन्नुभयो, “दुई देशका किसानले कसरी दूध उत्पादन गर्दै आएका छन् र त्यसको बजारीकरण कसरी भइरहेको छ भन्ने विषयमा ज्ञान आदानप्रदान गरियो ।” अध्यक्ष बगालेले जिल्लामा भएको असल पशुपालन अभ्यास, उन्नत नश्लका गाईहरू ल्याउने क्रमलगायतका बिषयमा जानकारी दिनुभएको थियो ।

    बङ्गलादेशी टोलीले पनि दूध उत्पादन, प्रशोधन र वितरणका विषयमा भएको प्रगतिका विषयमा जानकारी गराएको थियो । सो टोलीले आज नवलपरासीमा समेत अध्ययन गरेर बुधबार काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.