सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट


  •    न्युजभित्तो/१८ कार्तिक २०८२, सोमबार १६:२६ 
  • तम्घास, १७ कात्तिक । यही कात्तिक १०, ११ र १२ गते परेको बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट भएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार हाल जिल्लामा उत्पादन हुनेमध्ये ११ प्रतिशत काटिसकेको धान पानीमा भिजेको छ । 
    यस वर्ष जिल्लामा सात हजार ९८८ हेक्टरमा धानखेती गरिएको थियो । जसमा २२ हजार ९०९ मेक्ट्रिक टन धान उत्पादन हुने लक्ष्य राखिएकामा ११ प्रतिशत अर्थात् दुई हजार ५२० मेक्ट्रिक टन धान पानीले भिजेर नष्ट भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो । 
    जिल्लाको कुनै पनि ठाउँमा हालसम्म धानबालीको बीमा नगरिएको पनि उहाँले बताउनुभयो । गुल्मीको सबैभन्दा धेरै धान उत्पादन हुने क्षेत्र चौरासी फाँटमा ९९९ हेक्टरमा धान रोपिएको थियो । जसमध्ये ४० प्रतिशत धान काटिसकेको अवस्थामा खेतमा नै भिजेको छ । 
    तिहार लगत्तै धान काटेका किसान अहिले पानी परेसँगै चिन्तित भएका हुन् । लामो समयसम्म पानीले धान खेतमा नै भिज्दा टुसा पलाउन थालेका छन् । जसले गर्दा धानको मूल्य र उत्पादन घटेको छ । 
    इस्मा गाउँपालिका–६ का कमलप्रसाद भण्डारीले साढे चार रोपनीमा रोपेको धान यही कात्तिक ९ गते काट्नुभएको थियो । तर कात्तिक ११ गतेदेखि पानी पर्न सुरु ग¥यो । काटिसकेको धानपानीले खेतमा नै डुबाउन थालेपछि उहाँले कात्तिक ११ र १२ गते १७ जना खेताला लगाएर धान उठाएर घर लैजानुभयो । 
    “घाम लागेकै बेला उठाउन पाएको भए थ्रेसर लगाएर झाटिन्थ्यो, धान र पराल छुट्टाछुट्टै हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले घाम लागेपछि झाँट्न सुरु गरेको, टुसा पलाएको छ ।” गत वर्ष २५ मुरी धान फलेकामा यो वर्ष अधिकांश धान खेतमा नै पोखिएको गुनासो गर्नुभयो । 
    स्थानीय कृष्णप्रसाद घिमिरेले पनि गत असार र साउनमा ७५ रोपनीमा धान रोप्नुभएको थियो । बीउको लागि चैते ५, हाइब्रिड महेन्द्र ३०–३०, जी टेक लगायतका धान रोप्नुभएको थियो । उहाँको खेतमा कुल तीन सय ५० मुरी धान फल्थ्यो । जसमा दुई सय २५ मुरी तिहार अगाडि नै स्याहार्नुभएको थियो । अझै १५ रोपनी खेतको छ मुरी हुने धान काट्न बाँकी छ । तर काटिसकेको १८ रोपनी खेतको करिब ९५ मुरी धान भने पानीले डुबाएको छ । 
    खेताला लगाएर कात्तिक ९ गतेका धान काटेको धान पानीमा भिजेको हो । पानी नपरेको भए ११ गते नै थ्रेसरबाट उठाउने तयारी थियो । तर पानीले उहाँको धान मात्र डुबाएन, मेहनेत र पसिना समेत डुबाएको छ । “पानीमा धान उठाएर आउने रकमभन्दा उठाउन लाग्ने लागत बढी भएकोले उठाइन”, घिमिरेले भन्नुभयो, “दुई लाख ६६ हजारको धान पानीमा डुबेको छ ।” चौरासी फाँटको धान प्रतिमुरी दुई हजार आठ सयमा बिक्री हुँदै आएको छ । 
    किसान निराजन भण्डारीको पनि १९ रोपनी खेतमा काटेको धान भिजेको छ । “अब त धानमा टुसा आउने बेला भयो, त्यस्तो धान बिक्री नहुने समस्या हुन्छ,” उहाँले भन्नुभयो, “पानीमा भिजेको पराल गाईवस्तुले पनि रुचाउँदैनन् ।” गत वर्षहरूमा पनि हल्का बादल मात्रै लाग्ने तर पानी नपरेका कारण आफूले धान काटेको उहाँको भनाइ छ । उहाँको खेतमा करिब ९० मुरी धान हुन्थ्यो । अब पानीमा भिजेसँगै उत्पादन धेरै कम हुने भट्टराईको भनाइ छ ।
    काटिसकेको धान कसरी सुरक्षित गर्न सकिन्छ ?
    काटिसकेको धान वर्षामा थुप्रोमा राख्दा भिजेको ‘फङ्गस’ लाग्न सक्छ । त्यसकारण धान ढुङ्गा, प्लास्टिक वा परालमाथि राख्न कृषि ज्ञान केन्द्र कार्यालयले सुझाव दिएको छ । 
    त्यसैगरी अहिले धानलाई माथिबाट प्लास्टिकले छोप्ने र वर्षा रोकिएपछि तुरुन्तै सुकाउने, सावधानीपूर्वक धुवाँको ताप प्रयोग गर्ने, धानलाई हावा प्रसार हुने ठाउँमा राख्नेलगायतका उपाय अपनाएमा क्षति कम हुने कार्यालयले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.