सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देउसी भैलोबाट सङ्कलित रकम सामाजिक काममा


  •    न्युजभित्तो/१८ कार्तिक २०८२, सोमबार १२:१६ 
  • भोजपुर, १७ कात्तिक । यहाँका एक युवाहरुको समूहले देखाएको सामाजिक जागरण र समर्पण अहिले जिल्लामा प्रेरणाको विषय बनेको छ । विभिन्न पेसा–व्यवसायमा आवद्ध ती युवाहरुले आफ्नो व्यस्त जीवनकाबीच पनि समाजका लागि केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।

    करिब ७० जना युवाको सक्रिय सहभागितामा गठित ‘बिहानी फुटबल क्लब’ले खेलकुदसँगै सामाजिक सेवामा पनि उत्कृष्ट योगदान दिइरहेको छ । उनीहरुले सहिद उद्यान, देउराली पार्कलगायतका स्थानमा दर्जनौँ राष्ट्रिय झण्डा राख्दै, ती झण्डाको नियमित हेरचाह र फेरबदल गर्ने काम निरन्तर गर्दै आएका छन् ।

    क्बलका सचिव रिपेश भुजेलका अनुसार युवाहरु स्वस्फूर्त रुपमा रकम सङ्लकन गरेर सामाजिक काम गर्दै आएका छन् । त्योसँगै देउसी भैलो खेलेर सङ्कलित रकमबाट पनि सामाजिक काम गर्दै आएको भुजेलले जानकारी दिनुभयो ।
    “हामी करिब ७० जना युवा मिलेर यहाँको सामाजिक काममा जुटेका छौँ” सचिव भुजेलले भन्नुभयो,“यहाँका अधिकांश सामाजिक काममा हाम्रो संलग्नता छ । समाजमा केही उदाहरणीय काम गरौँ भनेर हामी एकजुट भएका हौँ ।”

    युवाहरुले हरेक वर्ष बजार क्षेत्रको सरसफाइदेखि डेङ्गी नियन्त्रणसम्मका अभियान सञ्चालन गर्दै आएका छन् । बजार क्षेत्रमा विषादी छर्ने, सरसफाइ सचेतना फैलाउने, र सार्वजनिकस्थल सफा राख्ने काममा उनीहरूको अग्रणी भूमिका रहँदै आएको छ ।

    सामाजिक उत्तरदायित्वलाई खेलकुदसँग जोड्दै अघि बढेको ‘बिहानी फुटबल क्लब’ अहिले भोजपुरको युवा शक्ति र एकताको प्रतीक बनेको छ । युवाको यो सामूहिक प्रयासले स्थानीय समाजमा सकारात्मक सोच, स्वच्छ वातावरण र एकताको भावना फैलाउँदै गएको स्थानीय जानकारको बुझाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.